पोल्याण्डको Białystok शहरमा मानार्थ वाणिज्यदूतहरूको अन्तर्कृया बैठक सम्पन्न
पोल्याण्डको Białystok शहरमा सम्पन्न पोल्याण्डका मानार्थ वाणिज्यदूतहरूको दोस्रो अन्तर्कृया बैठक सम्पन्न भएको जानकारी Warsaw स्थित consular of nepal warsaw मानार्थ वाणिज्य दूतावासले दिएको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका Mr. Janusz Jesionek, पोल्याण्डका मानार्थ वाणिज्यदूत समाजका उपाध्यक्ष तथा Białystok का रोमानियाका मानार्थ वाणिज्यदूत, साथै Mrs. Ewa Moroz-Ustynowicz र Mrs. Dominika Czarnecka प्रति आयोजक पक्षले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
यस बैठकले कूटनीतिक समुदायबीच आपसी समझदारी, मित्रता तथा सहकार्यलाई थप मजबुत बनाउने धारणा सहभागीहरुले गरेका थिए । सहभागी सबै मानार्थ वाणिज्यदूत तथा अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको आयोजकले बताएका छन्।
नेपालको तर्फबाट कार्यक्रममा सहभागिता जनाउँदै hon consular Dr. Bodha Raj Subedi, Warsaw स्थित नेपालका मानार्थ वाणिज्यदूतले यस्ता अन्तर्राष्ट्रिय भेटघाटले आपसी सम्बन्ध विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त भएको थियो ।
यसै क्रममा Jelenia Góra मा रहेको Karkonosze Museum की निर्देशक Mrs. Julita Izabela Zaprucka नेपाली पर्वतीय संग्रहालयहरू र पोल्याण्डका पर्वतसम्बन्धी संग्रहालयहरूबीच सम्भावित सहकार्यका विषयमा छलफल साथै Pokhara मा अवस्थित International Mountain Museum को २५औँ वार्षिकोत्सवका अवसरमा 5 February 2026 मा उद्घाटन हुने प्रदर्शनीमा Karkonosze Museum को सहभागिताबारे पनि छलफल भएको जानकारी प्राप्त भएको छ ।





