पोल्याण्डमा “नेपाल हाउस” सम्बन्धी बैठक सम्पन्न

आज, शनिबार २४ तारिख, पोल्याण्डमा “नेपाल हाउस” सम्बन्धी बैठक सफलतापूर्वक सम्पन्न भएको छ। बैठकको प्रमुख एजेन्डा नेपाल हाउस स्थापना तथा पोल्याण्डमा नेपाली दूतावासको आवश्यकताबारे छलफल भएको छ

बैठकको नेतृत्व NRN अध्यक्ष रिता तिवारी न्यौपानेले गरेकी थिइन् बैठकको पहिलो चरणको कार्यक्रम सन्चालन एन आर एन की महिला सचिब इशु देवकोटाले गरेकी थिइन् भने दोश्रो चरणको कार्यक्रम सन्चालन भने बैठकको संचालन संस्थाका महासचिव उदयराज गिरीले गरेका थिए।

बैठकमा पोल्याण्डमा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सहभागीहरूले नेपाल हाउसको महत्व, कार्ययोजना र दूतावास आवश्यकतामा साझा धारणा र ऐक्यबद्धता प्रकट गरे।

नेपाल हाउसको अवधारणा केवल एउटा भवन वा संस्था होइन, यो समुदायको साझा सपना र भविष्यको आधारशिला हो। बैठकमा उपस्थित संघ–संस्था, समाजका प्रतिनिधिहरूले साझा धारणा बनाउँदै नेपाल हाउसलाई सांस्कृतिक, सामाजिक, शैक्षिक र कानुनी सहायता प्रदान गर्ने केन्द्रको रुपमा अगाडि बढाउने ऐक्यबद्धता प्रकट गरे । बैठकमा नेपाल हाउसको उद्देश्यलाई सांस्कृतिक संरक्षण: नेपाली भाषा, कला, साहित्य र परम्परा युवा पुस्तासम्म पुग्ने संरचना सुनिश्चित गर्ने र नेपाली पहिचानमा प्रशिक्षित गर्ने बिभिन्न संघ–संस्थाहरूको व्यक्तिगत एवम सामुहिकप्रयासलाई साझा योजना र अभियानमा रूपान्तरण गर्ने। पोल्याण्डमा नेपाली दूतावासको आवश्यकतामा सबैको एक मत रहेको थियो । दूतावासको स्थापना नेपाली समुदायको सामाजिक, कानुनी र सांस्कृतिक सुरक्षा सुनिश्चित गर्ने दृष्टिकोणमा सबैले आ आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *