व्यवसायी समिति पोल्यान्डद्वारा सदस्यता आह्वान र १५ फेब्रुअरी अधिवेशनको जानकारी
व्यवसायी समिति पोल्यान्डद्वारा सदस्यता आह्वान र १५ फेब्रुअरी अधिवेशनको जानकारी
पोल्यान्डमा **व्यवसायी समिति पोल्यान्ड (Nepalese Business Association in Poland – NBA-P)**ले नयाँ सदस्यता खुला गरेको छ। प्राप्त जानकारीअनुसार, समिति भित्र सक्रिय भएर काम गर्न इच्छुक व्यक्तिहरूले आगामी फेब्रुअरी ११ गतेसम्म सदस्यता लिएर आबद्ध हुन सक्नेछन्।
समितिले जानकारी दिएको छ कि सदस्यता लिन चाहने इच्छुक व्यवसायीहरूले तल उल्लेखित कुनै पनि सम्पर्क नम्बरमा फोन गरी आफ्नो सदस्यता लिन चाहनाको जानकारी दिन सक्ने व्यवस्था गरिएको छ।
सदस्यतासम्बन्धी सम्पर्क नम्बरहरू:
- 501 922 011
- 511 963 387
- 729 273 892
- 729 589 539
- 739 641 486
- 501 922 011
व्यवसायी समिति पोल्यान्ड (NBA-P) पोल्यान्डमा डा. उदय देव आचार्यको अध्यक्षतामा दर्ता दर्ता भइसकेको छ। संस्थाको आधिकारिक दर्ता विवरण यस प्रकार रहेको छः
- KRS: 0000953858
- NIP: 5223220669
- REGON: 521437860
समितिले पोल्यान्डमा रहेका सम्पूर्ण इच्छुक व्यक्तिहरू नेपाली व्यवसायीहरूलाई संस्थासँग आबद्ध भई सक्रिय रूपमा काम गर्न हार्दिक अनुरोध गरेको छ।
आगामी अधिवेशनको जानकारी
व्यवसायी समिति पोल्यान्डको अर्को अधिवेशन १५ फेब्रुअरी २०२६ मा Everest Restaurant मा आयोजना हुने भएको छ।
- समय: बिहान ११:३० बजे
- ठेगाना: Al. Jerozolimskie 123a, Warsaw
अधिवेशनमा सहभागी भएर समिति सम्बन्धी गतिविधि, योजनाहरू र सदस्यता सम्बन्धी विस्तृत जानकारी लिन सकिने व्यवस्था गरिएको छ।


