एनआरएनए पोल्यान्डद्वारा Wielkopolskie का लागि ९ सदस्यीय क्षेत्रीय समिति गठन
एनआरएनए पोल्यान्डद्वारा Wielkopolskie का लागि ९ सदस्यीय क्षेत्रीय समिति गठन
शनिबार, मिति ३१ जनवरी २०२६ का दिन Wielkopolskie क्षेत्रमा गैरआवासीय नेपाली संघ (एनआरएनए) पोल्यान्डका केन्द्रीय तथा क्षेत्रीय कार्यसमिति सदस्यहरू, साथै उल्लेखनीय संख्यामा उपस्थित साधारण सदस्यहरूको सहभागितामा सम्पन्न बैठकले Wojewoda Wielkopolskie का लागि श्री उज्वल श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रूपमा गठन गरेको छ।

बैठकमा एनआरएनए पोल्यान्डको सांगठनिक सुदृढीकरण, क्षेत्रीय संरचना विस्तार तथा प्रवासी नेपाली समुदायबीच आपसी सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। सोही छलफलको निष्कर्षस्वरूप गठन गरिएको नवगठित क्षेत्रीय समितिलाई एनआरएनए पोल्यान्डको केन्द्रीय कार्यसमितिको मातहतमा रही संगठन विस्तार, सामाजिक सहकार्य, समुदाय सुदृढीकरण, आपतकालीन सहयोग, सांस्कृतिक प्रवर्द्धन तथा प्रवासी नेपालीहरूको हक–हित संरक्षणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरिएको छ।
नवगठित क्षेत्रीय समितिको पदाधिकारी तथा सदस्यहरूको विवरण यस प्रकार रहेको छः
संयोजक
- श्री उज्वल श्रेष्ठ
सचिव
- श्री तुल बहादुर महत
सह–सचिव
- श्री प्रकाश ढकाल
कोषाध्यक्ष
- श्री सुबाश विश्वकर्मा
सदस्यहरू
- श्रीमती अलिसिबा मगर श्रेष्ठ
- सुश्री कुमारी तामाङ
- श्री आमोश मगर
सल्लाहकारहरू
- श्री विकल पराजुली
- श्री युवराज जैसी
बैठकले नवगठित समितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोल्यान्डको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकालमा संगठनलाई अझ सशक्त, समावेशी र परिणाममुखी बनाउँदै Wielkopolskie क्षेत्रका प्रवासी नेपालीहरूको साझा आवाज र भरोसायोग्य संस्थाको रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरेको छ।


