राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास विभाग पोल्यान्ड नवनिर्वाचित समितिले व्यक्त गर्यो आभार

गत २४ डिसेम्बर २०२५ मा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग, पोल्यान्डको पहिलो ऐतिहासिक अधिवेशनबाट निर्विरोध निर्वाचित हुन सहयोग गर्ने सम्पूर्ण सदस्य साथीहरूमा नवनिर्वाचित समितिको तर्फबाट हार्दिक आभार व्यक्त गरिएको छ।

केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता श्री मनिष झा ज्यू को आतिथ्यमा सम्पन्न गर्नुपर्ने सफत ग्रहण कार्यक्रम नेपालको चुनावी व्यस्तताका कारण स्थगित भएको थियो। यसका लागि विभागले क्षमा प्रार्थना गरेको जनाएको छ।

केही समयको प्रतीक्षापछि आज फेब्रुअरी १, २०२६ मा निर्वाचन समितिका संयोजक श्री कुलबहादुर श्रेष्ठ ज्यू को अध्यक्षता र सदस्य सचिव श्री शिबधर महतो ज्यू को सञ्चालनमा सफत ग्रहण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ।

विभागले अधिवेशन सफल बनाउन अहोरात्र खटिएको निर्वाचन समिति प्रति उच्च सम्मान र हार्दिक धन्यवाद व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखिएको छ।

अधिवेशन सफल बनाउन योगदान दिने सम्पूर्ण सदस्य साथीहरू, शुभचिन्तक, साथै विभिन्न राजनैतिक तथा गैर-राजनैतिक संस्था र संघ-संस्थाका प्रमुख तथा प्रतिनिधि सबैमा पुनः हार्दिक आभार व्यक्त गरिएको छ।

विशेष रूपमा धन्यवाद व्यक्त गरिएका संस्थाहरूमा:

  • अवैतनिक वाणिज्य दूतावास, वार्सावा, पोल्यान्ड
  • गैर आवासीय नेपाली संघ (NRNA) पोल्यान्ड
  • INAS पोल्यान्ड
  • गुल्मी समाज पोल्यान्ड
  • जनसम्पर्क समिति पोल्यान्ड
  • प्रवासी नेपाली मञ्च पोल्यान्ड
  • अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) पोल्यान्ड
  • नेपाल पत्रकार महासंघ युरोप
  • FRNA पोल्यान्ड
  • अन्य संस्था र व्यक्तिगत शुभचिन्तकहरू रहेका छन् ।

विभागले अबका दिनहरूमा पनि पोल्यान्डमा रहनु हुने नेपाली समुदायको सुख-दुखमा सँगै रहने प्रतिवद्धता दोहोर्याएको छ। साथै, विभिन्न संघ-संस्थासँग हरेक सकारात्मक कार्यमा सहकार्य र समन्वय कायम रहने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *