अनिता बचाउ अभियानमा पोल्यान्डको कार्चेव लगायत नेपालीहरुबाट तीन लाख पन्ध्र हजार उनान्नब्बे नेपाली रुपैयाँ सहयोग
📰 पोल्यान्डको कार्चेवबाट ब्लड क्यान्सर पीडित २ वर्षीया अनिता तामाङका लागि रु. ३ लाखभन्दा बढी सहयोग
सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–३, थलाडाँडा निवासी देव बहादुर तामाङकी नातिनी तथा अनिल तामाङकी २ वर्षीया छोरी अनिता तामाङलाई ब्लड क्यान्सर (Blood Cancer) भएको पुष्टि भएपछि उपचारका लागि देश–विदेशबाट सहयोग जुट्ने क्रम सुरु भएको छ।
उक्त अभियान अन्तर्गत पोल्यान्डको कार्चेव सिटीमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सक्रियतामा “अनिता तामाङ बचाउ अभियान” सञ्चालन गरी सहयोग संकलन गरिएको हो।
अभियानमार्फत पोल्यान्डको क्यास तथा ब्लिङ्क माध्यमबाट कुल ७,७११ पोलिस ज्लोटी संकलन गरिएको छ। उक्त रकम नेपाली रुपैयाँमा रूपान्तरण गर्दा रु. ३,१५,०८९ (तीन लाख पन्ध्र हजार उनान्नब्बे रुपैयाँ) हुन आएको छ। संकलित रकम आज अनिताकी हजुरबुवा देव बहादुर तामाङको नाममा सुरक्षित रूपमा नेपाल पठाइएको जानकारी दिइएको छ।
अभियानकर्ताहरूका अनुसार अनिताको उपचार खर्च अत्यधिक भएकाले हाल संकलित रकम अझै पर्याप्त नभएको र थप सहयोगको आवश्यकता रहेको छ। यसका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि अपिल गरिएको छ।
📞 सम्पर्क:
+977 9848831810
🏦 बैंक विवरण:
बैंक: Global Bank
खाता नं.: 07807010091622
खाता नाम: Dev Bahadur Tamang
शाखा: बाह्रबिसे
प्रेमध्वज तामाङ (Prem Tamang)
भूमिका राना मगर तामाङ (भूमिका मगर)
यम बहादुर तामाङ (Lama Abbi)
मञ्जु घर्ती मगर
तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगेर मनका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनिता बचाउ अभियानले हार्दिक धन्यवाद ब्यक्त गरेको छ ।
✨








