Wrocław घुम्ती सेवामा केही आवेदकको राजश्व विवरण अद्यावधिक गर्न अनुरोध — नेपाली दूतावास बर्लिन

जर्मनीस्थित नेपाली दूतावासले पोल्याण्डको (Wrocław) मा जनवरी २ देखि ५, २०२६ सम्म सञ्चालन गरिएको राहदानी तथा कन्सुलर घुम्ती सेवासम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ।

दूतावासद्वारा जारी सूचनाअनुसार, उक्त घुम्ती सेवामा राहदानीका लागि आवेदन दिएका तपशील बमोजिमका केही आवेदकहरूले राहदानी बापत बुझाउनुपर्ने राजश्व रकम हालसम्म दूतावासको बैंकमा रहेको राजश्व खातामा जम्मा भएको नदेखिएको छ। साथै, कतिपय आवेदकहरूले तोकिएको राजश्वभन्दा कम रकम मात्र जम्मा गरेको पाइएको दूतावासले जनाएको छ।

दूतावासले सम्बन्धित सबै आवेदकहरूलाई तत्काल नियमानुसारको पूरा राजश्व जम्मा गरी आवश्यक समन्वयका लागि सम्पर्क गर्न अनुरोध गरेको छ। यस प्रयोजनका लागि तोकिएका सम्पर्क विवरण यसप्रकार छन्:
श्री रन्जन यादव: +49 176 267 41207
श्री दिपेन्द्र अधिकारी: +48 729 423 638

दूतावासले समयमै सम्बन्धित सबै आवेदकहरूलाई शीघ्र आवश्यक प्रक्रिया पूरा गर्न पुनः आग्रह गरेको छ।

Above Name List Source: Nepal Embassy Germany Berlin Facebook page

स्मरण रहोस्: कस–कसको राजश्व रकम पुगेको छ वा पुगेको छैन भन्ने विस्तृत जानकारी जर्मनीस्थित नेपाली दूतावासको आधिकारिक फेसबुक पेजमा प्रकाशित सूचना मार्फत पनि हेर्न सक्नुहुनेछ

दूतावासको आधिकारिक फेसबुक पेज:
https://www.facebook.com/embnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *