Poland Nepal पूर्व सम्पादक कलश खरेल नेतृत्वमा गुल्मी समाज पोर्चुगलको नयाँ कार्यसमिति गठन

पोर्चुगलमा बसोबास गर्ने गुल्मेली समुदायको साझा पहिचान र एकताको प्रतीक गुल्मी समाज पोर्चुगलको तेस्रो अधिवेशन सोमबार राजधानी लिस्बनमा सम्पन्न भएको छ। अधिवेशनले लामो समयदेखि पोर्चुगल तथा युरोपका अन्य देशहरूमा बसेर नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेर अनुभव सङ्कलन गरेका, polandnepal सम्पादकको रूपमा समेत काम गरिसकेका कलश खरेलको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनको उद्घाटन समारोह निवर्तमान अध्यक्ष माया खरेलको अध्यक्षतामा तथा निवर्तमान महासचिव गोबिन्द कंडेलको सञ्चालनमा भएको थियो। कार्यक्रममा समाजका सल्लाहकार रमेश मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै सल्लाहकारहरू हरिकृष्ण पन्थी, विष्णु खरेल लगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।

नव निर्वाचित अध्यक्ष कलश खरेलले पोर्चुगलमा बसोबास गर्ने सम्पूर्ण गुल्मेलीहरुको भावना प्रतिनिधित्व गर्दै आफ्नो सम्बोधनमा भने:

“गुल्मी समाजले पोर्चुगलको भूमिमा हाम्रो गाउँ–ठाउँ, भाषा, संस्कृति र सम्बन्धलाई जोगाइराख्ने साझा पहिचान र एकताको प्रतीकको रूपमा अघि बढ्नु पर्छ। म आफ्नो अनुभव, पत्रकारिता र सम्पादकिय क्षमताको प्रयोग गर्दै समाजलाई सशक्त बनाउने प्रयास गर्नेछु। यसका लागि सबै सदस्यहरूको साथ र सहयोग अनिवार्य छ।”

हाल पोर्चुगलमा करिब १५ सय गुल्मेलीहरूको बसोबास रहेको अनुमान गरिएको छ। यद्यपि, नव निर्वाचित कार्यसमितिले यथार्थ तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ।

नव निर्वाचित कार्यसमिति यस प्रकार छ:

  • अध्यक्ष: कलश खरेल
  • बरिष्ठ उपाध्यक्ष: नरेन्द्र गिरी
  • उपाध्यक्ष: बल रायमाझी, सुमन खनाल, मेघराज आचार्य, मनिषा अर्याल भन्डारी
  • महासचिव: विष्णु सापकोटा
  • सचिव: भेषराज भन्डारी, प्रदिप खनाल
  • कोषाध्यक्ष: मुकुन्द गैरे
  • सहकोषाध्यक्ष: रामहरि गिरी

सदस्यहरू:
खिमानन्द खराल, दिनेश सिंह ठकुरी, कुल बहादुर गुरुङ, प्रभास घर्ति मगर, नेत्र अर्याल, कमल अर्याल, राजीब थापा, सृजन के सि, चुरा बहादुर रायमाझी, बाबुराम सापकोटा, साबित्रा खराल, कृस्ण लामिछाने, कृश्ण सापकोटा, लिलाधर सापकोटा

यस अधिवेशनले पोर्चुगलमा रहेका गुल्मेली समुदायलाई एक सूत्रमा बाँध्ने मात्र नभई, विदेशमा रहेर पनि हाम्रो भाषा, संस्कृति, र सम्बन्ध जोगाउने मार्गमा महत्वपूर्ण कदम उठाएको छ। नयाँ कार्यसमितिले आफ्नो अनुभव र सम्पर्कको सदुपयोग गर्दै समुदायलाई सशक्त र एकजुट बनाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *