साहित्यकार स्पन्दन को अध्यक्षतामा अनेसास पोर्चुगल को नया कार्यसमिति गठन।

सुसन परियार बिसर्जन
वार्स,पोल्यान्ड

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको हालसालै नयाँ नेतृत्व चयन भएको छ ।

अनेसास अध्यक्ष बिनोद स्पन्दन

राजधानी लिस्बनमा सम्पन्न अनेसास को नवौं अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिबेशनले साहित्यकार स्पन्दन बिनोदको अध्यक्षतामा १९ सदस्यीय नयां कार्यसमित चयन गरेको हो ।

जसमा निम्न उम्मेदवार हरु बिजयी तथा सर्बसम्मती बाट चयन भयका छन।

अध्यक्ष:- स्पन्दन बिनोद
बरिष्ठ उपाध्यक्ष:- बद्रिबाबु पोखरेल (चयन)
उपाध्यक्ष:- सवी श्रेष्ठ (निर्बाचित)
उपाध्यक्ष:- विशेष आत्रेय ( निर्वाचित)
महासचिव:- अर्जुन बराइलि ( निर्वाचित)
सचिव:- शम्भु सिलवाल ( चयन)
कोषाध्यक्ष:- बिजय गुरुङ (चयन)
सह–कोषाध्यक्ष:- बिद्या आचार्य (निर्बाचित)

यस्तै सदस्यहरुमा यादव देवकोटा, अरुन भेटवाल, सागर शाह, नविन पाण्डे, शान्ति अर्याल, रमेश भट्टराई, रितु पाख्रीन तामाङ, दिव्यकान्त उप्रेती, सोम अनुराग बस्नेत, स्मिता सत्याल र किरण लिम्बु चयन भएका छन् ।

समाजले पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकर बहादुर हमाललाई समाजको संरक्षकमा चयन गरेको छ । यस्तै समाजको सल्लाहकारमा अनेसासका केन्द्रीय उपाध्यक्ष सुनिल संगम, एनआरएनए आईसिसी सदस्य नारायण काजी मगर, अर्का आईसिसी सदस्य रविन अधिकारी, एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे र समाजका निवर्तमान अध्यक्ष वाईवी गुरुङलाई चयन गरेको समाजले जनाएको छ ।

बिगत लामो समयदेखि साहित्यिक क्षेत्रमा क्रियाशील स्पन्दन समाजको सचिव, महासचिव हुदैं हाल अध्यक्षमा निर्वाचित भएका हन् ।

नवनिर्वाचित अध्यक्ष स्पन्दन बिनोदले गत बर्ष प्रवासी भुमी अर्थात कर्मथलो पोर्चुगलबाट एकैपटक दुई वटा गजल संग्रह ‘भिजाएर गयौं’ र ‘अविरल स्पन्दन’ बिमोचन गरेका थिए ।

पोल्यान्ड नेपाल र पोल्यान्ड मा रहेका सर्जकहरुको तर्फ बार बिनोद स्पन्दन जि को सम्पुर्ण टिमलाई बधाई तथा पुर्ण सफलताको हार्दिक कामना गर्दछौ।