NRNA पोल्याण्डद्वारा कर र बालबालिका भत्ता तालिम सम्बन्धी सूचना जारी
पोल्याण्डमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि कर घोषणा (Tax Declaration) र बालबालिका भत्ता 800+ सम्बन्धी तालिमको व्यवस्था गरिएको छ। गैरआवासीय नेपाली संघ (NRNA) पोल्याण्डले यस वर्ष पनि आफ्नो सहयोग जारी राख्दै इच्छुक व्यक्तिहरूका लागि अनलाइन तालिम प्रदान गर्ने जनाएको छ।
कर घोषणा (PIT-37)
पोल्याण्डमा रोजगार गर्ने नेपालीहरूले आफ्नो कर विवरण समयमै पेश गर्नुपर्नेछ। यस सम्बन्धमा रोजगारदाताले फेब्रुअरी महिनाको अन्त्यसम्म PIT-11 फारम उपलब्ध गराउनेछन्। कर्मचारीहरूले उक्त फारमको आधारमा अप्रिल महिनाको अन्त्यसम्म कर कार्यालयमा आफ्नो विवरण बुझाउनुपर्नेछ।
गत वर्षझैं यस वर्ष पनि NRNA पोल्याण्डले PIT फारम भर्ने प्रक्रियामा सहयोग गर्नेछ। इच्छुक सहभागीहरूका लागि मार्च महिनादेखि अनलाइन तालिम सञ्चालन हुनेछ। तालिममा सहभागीले PIT फारम सजिलै भर्ने तरिका सिक्नसक्नेछन् साथै यसबाट प्राप्त हुने कर फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्।
बालबालिका भत्ता 800+
पोल्याण्डमै बालबालिका भएका अभिभावकहरूले भत्ता नवीकरण प्रक्रिया गर्न सक्नेछन्। यस प्रक्रिया फेब्रुअरी 1, 2026 बाट सुरु भइसकेको छ र May महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ। आवेदन June 1, 2026 देखि May 2027 सम्मको अवधिका लागि खुला रहनेछ। May पछि आवेदन दिन सकिए पनि ढिला आवेदनको भुक्तानी ZUS बाट प्राप्त नहुन सक्छ।
विशेषगरी, पोल्याण्डमा रोजगारी गर्ने नेपाली नागरिकहरूका लागि PIT-37 तालिम र बालबालिका भएका अभिभावकहरूको लागि 800+ तालिम अत्यन्त उपयोगी हुने संघले जनाएको छ।
तालिम सहभागीता
तालिममा सहभागी हुन इच्छुक जो–कोही पनि लाभ लिन सक्नेछन्। तालिमको मिति, समय, र अनलाइन लिंक चाँडै उपलब्ध गराइनेछ।
NRNA पोल्याण्डले सहभागीहरूलाई प्रक्रिया बुझाउन, फारम भर्न सहयोग गर्न र आवश्यक जानकारी उपलब्ध गराउन सक्दो प्रयास गर्ने जानकारी दिएको छ।

For More details please see this page
Photo and information source Nrna poland facebook page .

