पोल्यान्डमा फ्लुको वितण्डा: मृत्यु हुनेको संख्या १,००० नाघ्यो, वृद्ध र दीर्घरोगी उच्च जोखिममा
इन्फ्लुएन्जाबाट मृत्यु संख्या १ हजार नाघ्यो, स्वास्थ्य अधिकारीको गम्भीर चेतावनी
पोल्यान्डमा जारी फ्लु सिजनले उग्र रूप लिएको ।पोल्यान्डमा चालु फ्लु सिजनका क्रममा इन्फ्लुएन्जा (grypa) र त्यसबाट उत्पन्न जटिलताका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको सरकारी रूपमा पुष्टि भएको छ। Główny Inspektorat Sanitarny (GIS) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ सेप्टेम्बरदेखि हालसम्म कम्तीमा १,०६० जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार यो संख्या अघिल्ला वर्षहरूको तुलनामा असामान्य रूपमा उच्च हो र अवस्था अझै पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
एकै हप्तामा सयौँको मृत्यु
Ministerstwo Zdrowia अन्तर्गतका स्रोतका अनुसार जनवरीको अन्तिम सातामा मात्र २६० जनाले फ्लुका कारण ज्यान गुमाएका छन्। यही अवधिमा लाखौँ संक्रमण रिपोर्ट भएका छन् भने दशौँ हजार बिरामी अस्पताल भर्ना भएका छन्।
विशेषज्ञहरूका अनुसार यो सिजनमा फ्लुको फैलावट अत्यन्त तीव्र देखिएको छ, जसले अस्पताल प्रणालीमा गम्भीर दबाब सिर्जना गरेको छ।
वृद्धहरू सबैभन्दा बढी जोखिममा

Narodowy Instytut Zdrowia Publicznego – PZH का अनुसार:
- मृत्यु हुनेमध्ये ८५ वर्षभन्दा माथिका वृद्धहरू सबैभन्दा बढी छन्
- मधुमेह, मुटु, फोक्सो तथा दीर्घरोग भएका व्यक्तिमा जोखिम अत्यधिक
- कमजोर रोग प्रतिरोधात्मक क्षमता भएकामा फ्लुले छिटो जटिलता निम्त्याएको
बालबालिका र युवा उमेर समूहमा संक्रमण दर उच्च भए पनि मृत्यु मुख्यतः वृद्ध र दीर्घरोगीमै केन्द्रित रहेको छ।
कुन क्षेत्र बढी प्रभावित?
सरकारले शहर–शहर अनुसार विस्तृत मृत्यु संख्या सार्वजनिक नगरेको भए पनि Wojewódzkie Stacje Sanitarno-Epidemiologiczne बाट आएका रिपोर्टअनुसार:
- Województwo Śląskie मा मृत्यु संख्या उल्लेखनीय रूपमा बढेको
- Warszawa, Katowice, Kraków लगायत ठूला सहरका अस्पतालहरूमा बिरामीको चाप
- SOR (Szpitalny Oddział Ratunkowy) मा लामो प्रतीक्षा समय
स्वास्थ्यकर्मीहरूका अनुसार घना जनसंख्या भएका शहरी क्षेत्रहरू ग्रामीण क्षेत्रभन्दा बढी प्रभावित छन्।
नयाँ भाइरस प्रकारले अवस्था गम्भीर बनायो

संक्रामक रोग विशेषज्ञहरूका अनुसार यो सिजनमा सक्रिय Influenza A (AH3N2) भाइरसको नयाँ उप–प्रकारले अवस्था गम्भीर बनाएको हो।
dr Paweł Grzesiowski, Główny Inspektor Sanitarny, भन्छन्:
“Obecny sezon grypowy jest jednym z najcięższych w ostatnich latach. Wirus powoduje ciężkie powikłania, szczególnie u osób starszych.”
(“यो पछिल्ला वर्षहरूमध्ये सबैभन्दा गम्भीर फ्लु सिजन हो। भाइरसले विशेषगरी वृद्धहरूमा गम्भीर जटिलता निम्त्याइरहेको छ।”)
सावधानीमा ढिलाइको असर
विशेषज्ञहरूका अनुसार कोभिड–१९ पछि धेरै मानिसले मास्क, दूरी र खोपप्रति बेवास्ता गर्न थालेका छन्। यही कारणले फ्लुको प्रभाव यस वर्ष असाधारण रूपमा बढेको हो।
Ministerstwo Zdrowia का एक अधिकारीले भने:
“Społeczeństwo zlekceważyło grypę. To nie jest zwykłe przeziębienie.”
(“समाजले फ्लुलाई हल्का रूपमा लिएको छ। यो सामान्य रुघाखोकी होइन।”)
खोप र सावधानी अझै पनि प्रभावकारी उपाय
स्वास्थ्य विज्ञहरूको स्पष्ट सुझाव:
- Szczepienie przeciw grypie (फ्लु खोप) लगाउने
- भीडभाडमा maseczka प्रयोग गर्ने
- हात सफा राख्ने
- लक्षण देखिएमा काम वा स्कुल नगई घरमै बस्ने
विशेषगरी वृद्ध, गर्भवती महिला, दीर्घरोगी र साना बालबालिकालाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरिएको छ।
अवस्था अझै शिखरमा पुगिसकेको छैन
स्वास्थ्य निकायहरूको आकलन अनुसार फ्लुको पूर्ण शिखर अझै आउन बाँकी हुन सक्छ। मौसम चिसो रहिरहँदा संक्रमण थप फैलिन सक्ने भएकाले सामान्य नागरिकदेखि सरकारी निकायसम्म सबैलाई सतर्क रहन आग्रह गरिएको छ।


