गुल्मी समाज पोल्याण्डद्वारा नि:शुल्क PIT-37 भर्न सहयोग गर्ने

गुल्मी समाज पोल्याण्डद्वारा नि:शुल्क PIT-37 भर्न सहयोग गर्ने

केही वर्षअघि पोल्याण्डमा स्थापना भएको गुल्मी समाज पोल्याण्डले यहाँ बसोबास गरिरहेका नेपाली समुदायका लागि नि:शुल्क PIT-37 (ट्याक्स सेटलमेन्ट) भर्ने सेवा सुरु गरेको छ। समाजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै यो जानकारी दिएको हो।

विशेष गरी अनलाइन माध्यमबाट ट्याक्स फाइल गर्न प्राविधिक कठिनाइ भोगिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गर्दै समाजले यो स्वैच्छिक सहयोगको हात अगाडि बढाएको हो।

सहयोग लिने प्रक्रिया: इच्छुक व्यक्तिहरूले कतै नगई घरमै बसेर आफ्ना आवश्यक कागजातहरू ह्वाट्सएप (WhatsApp) मार्फत पठाएर यो सेवा लिन सक्नेछन्।

थप जानकारीका लागि सम्पर्क: यस सेवाका बारेमा बुझ्न वा सहयोग लिनका लागि समाजका प्रतिनिधि सागर खरेललाई सम्पर्क गर्न सकिने जान्कारी दिएको छ

  • सम्पर्क नम्बर: +48 796235309 (WhatsApp)

“सहयोगका लागि सधैं साथमा” भन्ने मूल नाराका साथ सक्रिय गुल्मी समाज पोल्याण्डले नेपाली समुदायको हितका लागि यो सानो पहल गरेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *