एस. डी. अर्पण
०८ जुन। रोजगारी एवं उच्च शिक्षाको लागि अन्य देश जस्तै पोल्याण्ड जाने नेपालीहरुको संख्या पनि उल्लेख्य नै छ तर दलाल एवं ठगहरुको चंगुलमा परेर धेरै नेपालीहरु फसेको घटनाहरु पनि प्रसस्तै छन्। पहिले पोल्याण्ड राजदुताबास मार्फत जतिबेला भन्यो त्यतिबेला भिसाआवेदन मिति पाइने भए पनि केहि वर्ष देखि आवेदन बुझाउन पनि ह्याकर एवं दलालहरुलाई मोटो रकम तिर्न बाध्य पारिएको छ। त्यसमा पनि अग्रिम पैसा तिर्नु पर्ने र झुठा मिति पर्ने डर त छदैछ। त्यस्तै आवेदन मिति अर्थात एपोइन्मेंट डेट लिंदा किरण चौधरी ठगीको सिकार भएका छन्। आफ्नो मान्छेहरुलाई पोल्याण्ड जनको लागि एपोइन्मेंट डेट केहि सस्तोमा मिलाई दिन्छु भन्दै चुडामणि पुन मगरले लाखौँ ठगेको चौधरीको आरोप छ। आफुले दिएको एघार जनाको गत मे महिनाको ३० र ३१ तारिख लिएको सबै एपोइन्मेंट डेटमा आफ्नो मान्छेहरुले आवेदन दिन नमिल्ने भए पछि नक्कली भएको थाहा पाए।


काठमाडौँ ठेगाना भएका मगरले रोमानियाको सिम प्रयोग गरी चौधरी संग कुरा गर्ने गरेको देखिन्छ। चौधरीले आफुले पटक पटक गरि करिब चार लाख नेपाली रुपैयाँ आईएमई पे, सिटि एक्सप्रेस, प्रभु मनी ट्रान्सफर जस्ता माध्यम द्वारा मगरको नाउँमा पैसा पठाएको देखिन्छ। आफु र आफ्ना मान्छेहरु ठगिएको थाहा भएको दिन मे ३० देखि मगरलाई सम्पर्क गर्न खोज्दा मगरले ब्लक गरेर सम्पर्क विहिन रहेको जानकारी दिए। मगरले रोमानियाको +४०७३८४२७३२४ प्रयोग गरि आफुलाई व्हाट्सएप मार्फत कुरा गर्ने गरेको पनि पिडितले जानकारी दिए। त्यस्तै आफुहरुले मगरको बारेको खोजीनिती गर्दा नेपालको ठेगाना काठमाडौँ, पासपोर्ट न. १०७०८१२५ र मोबाईल न. ९८०३८५६२५५ रहेको जानकारी दिएको छन्। पिडितहरुले अझै केहि दिन मगर सम्पर्कमा नआए आफुहरु कानुनी रुपमा अघि बढ्ने साथै पोल्याण्ड जाने सबैलाई यस्ता ठगहरुबाट सचेत हुन आग्रह गरेका छन्।


