२६ मे। कोभिड महामारीको असरबाट अझै मुक्त हुन नपाउँदै अर्को नयाँ भाइरस मङ्कीपक्सको चर्चा सुरु हुँदा दिक्क लाग्ने अवस्था भएको छ। यसअघि अफ्रिकाबाहिर बिरलै देखिएको मङ्कीपक्स भाइरस यो पटकको भने १८ देशमा सङ्क्रमण पुष्टि भैसकेको छ। अफ्रिकाबाहिर सङ्क्रमण पुष्टि भएका र आशङ्का गरिएका समेत गरी मङ्कीपक्सका कारण २३८ जना बिरामी परेको बताइएको छ। त्यस्तो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

संयुक्त अरब एमिरेट्स् (यूएई) मङ्कीपक्स रोगको नयाँ बिरामी फेला पर्ने पहिलो खाडी राष्ट्र बनेको छ। चेक रिपब्लिक र स्लोभिनिआमा पनि मङ्गलवार पहिलो पल्ट मङ्कीपक्सका बिरामी भेटिएको पुष्टि भएको थियो। युरोप, अस्ट्रेलिया र अमेरिकामा उक्त भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रममा छ। यद्यपि विज्ञहरू हालसम्म सर्वसाधारणमा यो रोग फैलिने समग्र जोखिम न्यून नै रहेको मान्छन्।
यूरोपियन यूनियनका १२ देशहरुमा संक्रमण पुष्टी भएको छ।

मङ्कीपक्सको लक्षणमा सामान्यतया बिरामीलाई ज्वरो आउने र शरीरमा फोका देखिने गरेको छ। तर सङ्क्रमण हुँदा गम्भीर लक्षण देखिएको छैन। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) भन्छः “अफ्रिकाभन्दा बाहिरका देशहरूमा यदि सही प्रतिकार्य गरिने हो भने भने मङ्कीपक्स भाइरसलाई नियन्त्रणमा राख्न सकिन्छ।” “हामी सङ्क्रणको स्तर कस्तो र यसले कस्तो स्वरूप लिँदै छ भन्ने बारेमा बुझ्न मङ्कीपक्सको सम्भावित सङ्क्रमणप्रति निगरानी बढाउन सबैलाई आग्रह गछौँ,” डब्ल्यूएचओका विश्वव्यापी सङ्क्रामक विपद् तयारी मामिलासम्बन्धी निर्देशक सिल्भी ब्राइअन्डले मङ्गलवार एउटा सम्मेलनमा बताएकी थिइन्।
संसारभरिका स्वास्थ्य अधिकारीहरूले उक्त भाइरस नियन्त्रण गर्ने योजनाहरू घोषणा गरेका छन्। जर्मनीले सङ्क्रमणले नराम्रो स्वरूप लिएको खण्डमा तयारीका निम्ति भन्दै बिफरको उपचारमा प्रयोग हुने र मङ्कीपक्सविरुद्ध पनि प्रभावकारी इम्भ्यानेक्स खोपको ४०,००० मात्रा खरिद गर्ने आदेश दिइएको बताएको छ। जर्मन स्वास्थ्य अधिकारीहरूले बिफर उन्मूलन गर्ने अभियानको अङ्गका रूपमा वर्षौँअघि बिफरको खोप लगाएका मानिसमा पनि मङ्कीपक्स भाइरस प्रतिरोध गर्न सक्ने क्षमता बाँकी रहेको हुनुपर्ने बताएका छन्। एजेन्सीहरुको सहयोगमा