बालेन साहले काठमाडौं महानगरमा कटाए ५० हजार मत

काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) ले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत ल्याएकी छिन् । त्यस्तै नेकपा एमालेका केशव स्थापित ३० हजार १५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

मतगणनाको सुरुदेखि नै अग्रता बनाएका बालेन सिंहभन्दा १९ हजार २ सय ६३ मतले अगाडि रहेका छन् । त्यस्तै स्थापितभन्दा उनी २० हजार १५ मतले अगाडि छन् । काठमाडौंमा १ लाख ९१ हजार ५५ मत खसेको थियो । अहिलेसम्म करिब १ लाख ५३ हजार मत गणना भइसकेको छ भने ३७ हजार ७ सयजति मत गन्न बाँकी रहेको छ । अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २० र २१ को मत गणना भइरहेको छ भने वडा नम्ब। १७ को मतगणना सुरु हुनै बाँकी रहेको छ । अन्य वडामा भने मतगणना सम्पन्न भइसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.