रत्ननगरमा पनि बर्ड फ्लु देखिएपछि १५ हजार कुखुरा नष्ट

१० मे, चितवन ।पूर्वी चितवनको रत्ननगरमा एक व्यवसायीको पोल्ट्री फार्मका लेयर्स कुखुरामा पनि बर्ड फ्लु पुष्टि भएको छ । रत्ननगर–३ बेल्सीमा रहेको जेम्स पोल्ट्री एग्रो प्रालिको कुखुरा फार्ममा बर्ड फ्लु पुष्टि भएको हो । यसअघि शुक्रबार पूर्वी चितवनकै खैरहनीको एउटा फार्मका कुखुरामा बर्ड फ्लु पुष्टि भएको थियो।

बर्ड फ्लु पुष्टि भएपछि फार्र्ममा रहेका १५ हजार कुखुरा नष्ट गरिएको छ । तीनवटा खोरमा रहेका उक्त संख्याका कुखुरा मारेर खाल्टोमा पुरिएको हो । अण्डा उत्पादनको लागि पालेका कुखुरा नष्ट गर्दा दुई करोड बढी घाटा बेहोर्नु परेको सञ्चालक राममणि थपलियाले बताए । एक हप्ता अघिदेखि फार्ममा कुखुरा मर्न थालेको उनले बताए ।

सुरूमा एउटा, दुईटा गर्दागर्दै शुक्रबारदेखि दैनिक ५०० सम्म कुखुरा मरेको उनले जानकारी दिए । खोरमा कुखुरा मर्न थालेपछि वैशाख २१ गते बर्ड फ्लु परीक्षणको लागि नमुना लगिएको थियो । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा वैशाख २२ गते बर्ड फ्लु पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएलगत्तै पशुसेवा विभागले सो फार्ममा रहेका १५ हजार कुखुरा नष्ट गर्ने निर्णय गरेको राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोशाला भरतपुरका सूचना अधिकारी तथा पशु चिकित्सक इन्दुराय यादवले जानकारी दिए ।

प्रयोगशालाका प्राविधिक कर्मचारी, रत्ननगर पशु विकास शाखाका कर्मचारीहरुले फार्ममा रहेका कुखुरा नष्ट गरेका छन् । कुखुरा नष्ट गरी तीन महिना सो पोल्ट्री फार्म सिल गरिएको छ । दुर्ई महिनाअघिदेखि अण्डा पार्न सुरू गरेका कुखुरा नष्ट गर्नुपर्दा सञ्चालक थपलियालाई ठूलो आर्थिक मार परेको छ । करिब ६ महिना औषधि, आहार खुवाएर हुर्काएको कुखुरा अण्डा पार्न सुरू गरेको केही महिनामै नष्ट गर्नु परेकाले दुई करोडभन्दा बढी घाटा भएको सञ्चालक थपलियाले बताए ।

दस वर्षअघि पोल्ट्री फार्म सुरू गरेका थपलियाको अहिले पनि बैंकमा चार करोड ऋण रहेको बताए । अण्डा बिक्रीबाटै थपलियाले किस्ता र व्याज बुझाउँदै आएका थिए । ‘फार्ममा बर्ड फ्लु पुष्टि भएपछि सडकमा आउने अवस्था भयो’, उनले भने, ‘अब कसरी ऋण तिरेर उन्मुक्ति पाउने हो ।’ थपलियाको पोल्ट्री व्यवसायको बिमा छैन ।

सरकारले दिने क्षतिपूर्ति पनि स्पष्ट नभएका कारण व्यावसायिक किसानहरु मारमा पर्दै आएका छन् । ‘सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेको छु’, सञ्चालक थपलियाले भने, ‘तर पहिलोपटक बर्ड फ्लु पुष्टि भएका कारण यसको मलाई मेसो छैन ।’ राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा.चेतनारायण खरेलले नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार व्यवसायीले क्षतिपूर्ति पाउने बताए । ईचितवन पोष्ट ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.