भाईरल मिदी (म्यादी) प्रहरी पक्राउ

४ मे, चितवन। अर्काको पोसाक लाएर आफुलाई मिदी ‘म्यादी प्रहरी’ भन्दै भिडियो बनाएर भाईरल भएका नवराज रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ। ‘दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो। म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ उनले भने।

कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो। सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जनाएको छ। उनले भिडियोमा आफुलाई मिदि प्रहरी भन्दै आफुलाई प्रचार गरेका थिए। अन्नपुर्ण

तलको लिंकमा भिडियो हेर्न सक्नु हुनेछ।

https://www.youtube.com/shorts/t2YlPsm4trY

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.