२७ अप्रिल। रुसले “मित्रवत् व्यवहार नगर्ने” देशहरूले कि रुबलमा ग्यासको भुक्तानी गर्न थाल्नुपर्ने वा आपूर्ति कटौती गर्ने बताएपछि पोल्याण्डको सरकारी ग्यास कम्पनी पीजीएनआईजीले युरोपेली समय (सीईटी) अनुसार बुधबार बिहान ८ बजेदेखि सबै खाले ग्यासको आपूर्ति रोकिने बताइएको जनाएको छ। बुल्गेरियाको ऊर्जा मन्त्रालयले पनि बुधवारबाट आपूर्ति बन्द गर्ने जानकारी दिइएको बताएको छ। यी दुवै देशहरुले रुबलमा भुक्तानी गर्न अस्वीकार गरे पछि यस्तोअवस्था उत्पन्न भएको हो।

त्यसो त पीजीएनआईजी अधिकांश ग्यास आयातका लागि ग्याजप्रोममा निर्भर छ।उसले यस वर्षको पहिलो तीन महिनामा मात्रै आयातको ५३ प्रतिशत ग्यास रुसी कम्पनीबाट किनेको छ। त्यस्तै बल्गेरिया ९० प्रतिशतभन्दा बढी मात्रामा ग्यास आपूर्तिका लागि ग्याजप्रोममा निर्भर रहेको छ।
ग्यास आपूर्ति बन्दको खबरसँगै पोल्यान्डको जलवायु मन्त्रालयले देशको ऊर्जा आपूर्ति सुरक्षित रहेको बताएको छ भने जलवायुमन्त्री अन्ना मोस्कवाले भण्डारबाट ग्यास निकाल्न आवश्यक नरहेको र ग्राहकले पनि ग्यास खपत कटौती गर्नु नपर्ने बताइन्। पोल्याण्डका उप-विदेशमन्त्री मार्चिन सिड्याचले उनको देशले रुसबाट हुने ग्यास निर्यात सीमित हुनसक्ने सम्भावनाका लागि तयार रहन आपूर्तिमा विविधीकरणको तयारी गरिरहेको बताएको भन्दै बिबिसीले समाचारमा जनाएको छ।