०९ अप्रिल, चितवन। थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत चयन भएका छन् । नवलपुरको अमलटारीमा शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट लेखीको अध्यक्षतामा सर्वसम्मतिद्वारा नयाँ नेतृत्वको लागि चयन गरिएको हो ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा चितवनबाट सन्तकुमार चौधरी, बागमती प्रदेशबाट उपाध्यक्ष किशोर चौधरी, उपत्यका उपाध्यक्ष सहदेव चौधरी, प्रदेश १ उपाध्यक्ष कुलदीप चौधरी, लुम्बिनी प्रदेश उपाध्यक्ष शम्भु चौधरी, मधेश उपाध्यक्ष प्रतिमा चौधरी चयन भएकी छन् भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश उपाध्यक्ष पछि मनोनित गरिने भएको छ ।

यस्तै नयाँ कार्यसमितिको अन्य पदमा महासचिव लक्ष्मी चौधरी, उपमहासचिव चितवनका विजय चौधरी, सचिव दिप्तीशिखा चौधरी, लीलानाथ गच्छदार, कोषाध्यक्षमा चितवनका कारी महतो चयन भएका छन् भने सदस्यहरुमा सवि चौधरी, धीरेन्द्र चौधरी, मनोज चौधरी, सुमित्रा चौधरी, दिनेश कुमार चौधरी, राम चौधरी, जनक चौधरी र नविन चौधरी, राज चौधरीलाई चयन गरिएको छ ।

शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीले कार्यक्रमको उद्घाटनको क्रममा संघको मुखपत्र फूलरिया, प्रवासमा थारु पुस्तक तथा चितवन शाखाबाट प्रकाशित थारु क्यालेण्डरको विमोचन गरेको महाधिवेशनमा थारु पत्रकारितामा उल्लेख्य योगदान गरे बापत थारु पत्रकारहरुलाई विभिन्न विधामा नगद तथा प्रसंशापत्रद्वारा सम्मान एवं पुरस्कार वितरण गरीएको थियो। पुरस्कृत हुने पत्रकारहरुमा ओसिएस थारु राष्ट्रिय पत्रकारिता पुरस्कार (२०७७) बाट ठाकुरसिंह थारु, ओसिएसस राष्टिय पत्रकारिता पुरस्कार (२०७८) बाट दुष्यन्त चौधरी, जोखन–जगत रत्गैया राष्ट्रिय पत्रकारिता पुरस्कार (२०७७) बाट बुनु थारु, जोखन–जगत रत्गैया राष्टिय पत्रकारिता पुरस्कार (२०७८) बाट लखन दहित पुरुस्कृत भएका थिए । पुरस्कारको रकम जनही १० हजार रुपैया रहेको छ । त्यस्तै चितवनकी सरिता महतो अपेक्षाले साढे ५ हजार सहित सुष्मा महिला थारु सशक्तिकरण पुरस्कार प्राप्त गरिन् । संघका निवर्तमान अध्यक्ष सन्तोष दहित लगायतले नयाँ कार्यसमितिको सफलताको कामना गरेका थिए ।