
बिरामी छौ सधै को,राख ध्यान आफ्नो।
मेरा लागि पनि गर,लाख ध्यान आफ्नो।।
म झरेर तिमी फुल्दाको बेला,
ति ओठमा हासो खुल्दाको बेला
म संसार जितेको महसु गर्न सकु,
बाच्दा पनि तिम्रै खातिर मर्न पनि सकु
तिम्रा हार हरुमा बिजयको माला बनेर
तिम्रा अप्ठ्याराहरुमा साहाराको पैताला बनेर
म हिड्न सकु तिम्रो हात समाई
म बाच्न सकु अंगालोमा रमाई
दुख्दा तिमी म दुख्न सकु सदा
तिम्रा हारहरुमा म झुक्न सकु सदा।
बिरामी छौ सधै को,राख ध्यान आफ्नो।
मेरा लागि पनि गर,लाख ध्यान आफ्नो।।
एस पि बिसर्जन,
अध्यक्ष अनेसास पोल्यान्ड