चितवनमा लायन्स क्लवद्वारा विद्यालय पोशाक वितरण


मनोज चौधरी

२४ माघ, चितवन। श्री राष्ट्रिय माध्यमिक बिद्यालय तोरीखेत, चितवनमा अध्ययनरत १ सय ३० जना बिद्यार्थीहरुलाई हिजो सरस्वति पुजाको अवसर पारी विद्यालय पोशाक अन्तर्गत जुत्ता तथा मोजा वितरण गरिएको छ। लायन्स क्लब मंगलपुरले आयोजना गरेको कार्यक्रममा लायन्स क्लब ३२५ वि टु नेपालका डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले बिद्यालय पोशाक वितरण गर्नुभएको थियो।

भरतपुर महानगरपालिका वडा न ५ का वडा सदस्य लायन्स क्लव मंगलपुरका लायन दामोदर सुवेदीको प्रेरणामालायन्स क्लव मनाग्ल्पुर्को सहयोगमा पोशाक सामग्री हस्तान्तरण गरिएको हो। लायन्स क्लव अफ चितवन, मंगलपुरका अध्यक्ष धर्मदत्त दवाडीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा न ५ का अध्यक्ष पदमपाणी सुबेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण पौडेल, विद्यालयका प्रध्यानाध्यापक करुणाकर पण्डित, सल्लाहाकार हेमरत्न घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु खनिया, लेखा संयोजक कुमार गिरी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

कोभिड सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिएको थियो भने बालबालिका हरुलाई आलोपालो गरेर सिफ्ट अनुसार बोलाइएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष विष्णु खनियाले सम्पूर्ण आगन्तुक एवं सहयोग दाताहरुलाई स्वागत गर्नु भएको थियो। कार्यक्रममा पोशाक वितरण गर्दै डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले एक गाउँ एक लायन्स क्लवको अवधारणाले विद्यालय लगायत अन्य क्षेत्रमा निकै सहयोग पुग्ने बताउनुभयो। कार्यक्रमका अध्यक्ष धर्मदत्त दवाडीले लायन्स क्लव मनाग्ल्पुर सदैब सेवामा तल्लिन रहने प्रतिबद्दता पनि जनाउनु भयो। त्यस्तै वडा न ५ का अध्यक्ष पदमपाणी सुवेदीले अबका केहि वर्षभित्रै सामुदायिक विद्यालयहरुको स्तर निकै माथि पुग्ने बताउनु भयो भने प्राध्यानाध्यापक करुणाकर पण्डितले सम्पूर्ण सहयोगी दाताहरुप्रति धन्यवाद एवं आभार प्रकट गर्नु भयो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.