चितवनमा २ सय ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

मनोज चौधरी

माघ १४ चितवन । श्री राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेत, चितवनमा अध्ययनरत २ सय ४० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मिलन बाबु श्रेष्ठले न्यानो कपडा वितरण गरेका हुन् । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमिति सदस्य निर्मला पण्डित र नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ का सभापति बिनोद ढकालको सहयोगमा करिब डेढ लाख रुपैयाँ मूल्य बराबरको सो सामाग्री हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरीशरण पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना कुमारी श्रेष्ठ, भरतपुर महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदी, विद्यालयका प्रध्यानाध्यापक करुणाकर पण्डित, सल्लाहकार हेमरत्न घिमिरे, शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु खनियाँ, लेखा संयोजक कुमार गिरी लगायतको उपस्थिति रहेको थियो । न्यानो कपडा वितरण कार्यक्रम कोभिड सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गरिएको थियो भने बालबालिका हरुलाई आलोपालो गरेर सिफ्ट अनुसार बोलाइएको थियो । कार्यक्रमा न्यानो कपडा वितरण गर्दै मन्त्री श्रेष्ठले जाडो समयमा बालबालिकालाई चिसोबाट बचाउन सके उनीहरुको भविष्य उज्वल बनाउन सकिने बताए । बालबालिका भोलिको देशको भविष्य निर्माता रहेको भन्दै उनले उनीहरुको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको बताए । दाता समावसेवी निर्मला पण्डितले सानो सानो कुराले पनि खुशी र आनन्द मिल्ने बताउँदै बालबालिकाहरुको खुशी नै आफ्नो खुशी भएको बताइन् । वडा नम्बर ५ का अध्यक्ष पदमपाणी सुवेदीले सरकारी पक्ष र समूदायको सहयोगबाट नै विद्यालयको गुण्स्तर बढ्ने बताए भने प्रधानाध्यापक करुणाकर पण्डितले दाताहरुप्रति धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.