पोल्याण्ड नेपाल सम्मान २०२० द्वारा गिरी र पौडेल सम्मानित

एस डी अर्पण

२८ नोभेम्बर, वार्सवा। पोल्याण्डमा रहेर पत्रकारिता एवं सुचना प्रवाह गरी नेपाली जनसमुदायलाई हरपल सुसुचित गर्न महत्वपुर्ण भूमिका खेल्नु हुने दुई युवाहरु उदयराज गिरी र अनिल पौडेल पोल्याण्ड नेपाल सम्मान २०२० बाट सम्मानित भएका छन्। विगत लामो समयदेखि पोल्याण्डमा सपरिवार स्थाई बसोबास गरिरहेका गिरीले फेसबुक पेज नेप्लिज इन पोल्याण्ड मार्फत सन्देशमुलक लेख तथा भिडियोको माध्यमबाट सुचना प्रकाशित गर्ने देखि लिएर लाईभमा बसेर आम जनमानसलाई जानकारी गराउने काम गरिरहनु भएको छ। त्यस्तै उच्च शिक्षा हाँसिल गर्न पोल्याण्ड हानिएका पौडेल चर्चित अनलाईन पोर्टल न्युजपिएनटिभीको सम्पादक एवं नेपाल पत्रकार युरोप महासंघको सदस्य पदमा रहेर पोल्याण्डमा हुने तत्कालिन घटना क्रमहरुलाई समाचारको रुपमा प्रकाशित गर्दै महत्वपुर्ण योगदान दिईरहनु भएको छ।

हिमालयन यति रेस्टुरेन्टमा आयोजना गरिएको सम्मान कार्यक्रममा पोल्याण्डमा क्रियाशील संस्थाहरु एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी, एनआरएनए पोल्यान्ड ICC सदस्य गोपाल राई,एनआरएनए संथापक अध्यक्ष डा. बोधराज सुबेदी, प्रवास नेपाली एकता मंचका अध्यक्ष टंक कटुवाल, नेपाली ब्यबसायी संघका अध्यक्ष डा. उदय देव आचार्य, इनास पोल्याण्डकी अध्यक्ष रिता न्यौपाने लगायतका ब्याक्तित्वको उपस्थिती रहेको कार्यक्रमको अध्यक्षता पोल्यान्ड नेपालका प्रधान सम्पादक तथा पानी अभियानकर्ता मित्र लाल पार्देले गर्दै गर्दा गैर आवाशिय नेपाली संघ पोल्यान्डका अध्यक्ष जीवन कुमार केसिको प्रमुख आथित्यता सङ्गै विशिष्ट अतिथिको रुपमा NRNA पोल्यान्ड का सस्थापक अध्यक्ष डा. बोधराज सुवेदी को विशिष्ट अथितीको रुपमा रहनु भएको थियो। उक्त कार्यक्रमको स्वागत मन्तब्य पोल्यान्ड नेपालका सम्पादक शिबधर महतोले गरेका थिए भने कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोल्यान्ड का अध्यक्ष सुसन परियार बिसर्जन ले गरेका थिए।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुले सम्मानित व्यक्तिहरुलाई बधाई एवं आगामी दिनमा अझै सशक्त रुपमा लाग्नको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो। त्यस्तै समानितअनिल पौडेलले आफुले कुनै सम्मान पाउँन नभई स्वस्फुर्त रुपमा आफुसंग रहेको खाली समयलाई उपयोग गरेर आफ्नै रुचिले सुचनाहरु प्रवाह गर्ने गरेको बताउनु भयो। त्यसैगरी अर्का समानित व्यक्तित्व उदयराज गिरीले यो सम्मानले आफुलाई थप जिम्वेवारी वोध भएको र आगामी दिनहरुमा अझै जानकारी एवं महत्वपुर्ण सूचनाहरु निरन्तर प्रवाह गर्दै जाने वाचा गर्नु भयो। त्यस्तै पानि अभियन्ता सम्मानलाई मुल्यमा नतौलीई एउटा प्रोत्साहनको रुपमा लिनु हुन अनुरोध गर्नु भयो। साथै यो सम्मानले नयाँ व्यक्तिहरुलाई आफुलाई रुचि भएको क्षेत्रमा लाग्न पनि हौसला मिल्ने बताउनु भयो। सोहि कार्यक्रममा पोल्याण्ड नेपाल सम्मान २०२१ को लागि पोल्याण्डमा नेपाली फुटवल टिम निर्माण गरि नेपालीहरुलाई एकवद्द बनाउन महत्वपूर्ण भूमिका निभाउनु हुने मुकुल बोहोरालाई दिने घोषणा गरिएको छ। पोल्याण्ड नेपाल सम्मानलाई ससंस्थागत गर्दै छनौट समिति गठन गरि सम्मानको लागि मापदण्डहरु मार्फत छनौट गरी पोल्याण्डका नेपालीहरुलाई एकबद्द गर्न उल्लेखनीय भूमिका खेल्ने ब्यक्तित्वहरुलाई सम्मान गर्दै जाने निर्णय पनि भएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.