बाल विषयक लघुकथा संयुक्त सङ्ग्रह “लघुकथाको सुगन्ध” विमोचित

मनोज चौधरी

चितवन। नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा बाल विषयक लघुकथाको संयुक्त सङ्ग्रह “लघुकथाको सुगन्ध” को लोकार्पण भएको छ । लोकार्पण समारोहका प्रमुख अतिथि , लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्री श्रीओम श्रेष्ठ रोदनले जुम भर्चुअल माध्यमबाट २०७८ भाद्र १२ गते शनिवार एक समारोहका बीच लोकार्पण गर्नु भएको थियो ।

नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष श्री घनश्याम डल्लाकोटी “कृष्णजी शर्माको” अध्यक्षतामा सञ्चालित सो लोकार्पण समारोहमा लघुकथा समाज नेपाल , प्रदेश -१ का अध्यक्ष ममता मृदुल , प्रदेश -२ का अध्यक्ष डा. विश्वम्भर शर्मा , बागमती प्रदेशका अध्यक्ष डा. विदुर चालिसे , लुम्बिनी प्रदेश अध्यक्ष वनमाली निराकार , गण्डकी प्रदेश अध्यक्ष त्रिलोचन ढकाल , कर्णाली प्रदेश अध्यक्ष मणिकुमार पोखरेल , सुदुर पश्चिम प्रदेश अध्यक्ष श्रेष्ठ प्रिया पत्थर , शिक्षाविद तथा प्राज्ञ प्रा. डा. विद्यानाथ कोइराला तथा शिक्षा विकाश तथा समन्वय इकाई , चितवन प्रमुख भूमिलाल शर्मा सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । मञ्चका अभिभावक , स्रस्टा तथा साहित्यकारहरू श्री अनन्त राज उपाध्याय , श्री अवधेश सिंह , श्री राजेन्द्र कुमार आचार्य ; श्रष्टा तथा साहित्यकारहरू : श्री सुमन सौरभ , श्री रविन्द्र समीर , श्री ललिता दोषी , डा. शंकर गैरे , श्री गोपाल वस्याल , श्री लक्ष्मण अर्याल , श्री राम कुमार पण्डित , श्री धनन्जय शर्मा तथा विभिन्न मिडियाका पत्रकारहरू अतिथिको रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।

बाल विषयक लघुकथाको संयुक्त सङ्ग्रह , “लघुकथाको सुगन्ध” पुस्तक तथा पुस्तकमा समाविष्ट लघुकथाहरू माथि समीक्षक तथा समालोचक , श्रष्टा साहित्यकार श्री रन्जुश्री पराजुली , डा. शेखर कुमार श्रेष्ठ , श्री हरिप्रसाद भण्डारी , श्री दीपक लोहनी तथा डा. कपिल लामिछानेले समीक्षा तथा समालोचना गर्नु भएको थियो । लोकार्पण समारोहका सभापतित्व गर्नु भएका मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटीले ” कृष्णजी शर्माले नमस्ते आधुनिक लघुकथा मञ्च लघुकथा विधाको लागि विधागत फेसबुक साहित्यिक समूह हो तर यो समूह कुनै विद्यालय वा विश्वविद्यालय हैन भन्नु भएको थियो । उहाँले, “लघुकथाको सुगन्ध ” बाल विषयक संयुक्त सङ्ग्रह निकाल्न सहयोग गर्नु हुने सबै सहयोगी मनहरू प्रति हार्दिक धन्यवाद प्रकट गर्दै लोकार्पण समारोह समापन गर्नु भएको थियो । कार्यक्रममा मञ्चका सचिव मनोज अज्ञात र मञ्चकै सदस्य कमल पौडेल द्वयले उद्घोषणको भूमिका निर्वाह गरेका थिए । समारोह ३ घण्टा सम्म चलेको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.