०४ अगस्ट। लामो समयको ठूलो मेहनतपछि नमस्ते आधुनिक लघुकथा मञ्चले एउटा उत्कृष्ट बालविषयक लघुकथा संग्रह ल्याउन सफल भएको छ । लघुकथा संग्रह त धेरै प्रकाशित छन् तर बालबालिका लक्षित बालविषयक लघुकथा संग्रह नेपालमै यो सायद पहिलो संग्रह होला ।
“लघुकथाको सुगन्ध” नाम दिएको यस संग्रहका लागि आफ्ना अमूल्य लघुकथाहरू पठाउनुहुने सबैप्रति आभार व्यक्त गर्दै मन्चले छनोटमा पर्न सफल भएका लघुकथाका सर्जकहरुले आफ्नो परिचय पत्र सहित, वि. एन. पुस्तक संसार अद्वैत मार्ग, काठमाडौंबाट वा नेपालभर छरिएर रहनुभएका मञ्चका एडमिनहरू मार्फत आफ्नो १ लेखक प्रति लिन सक्ने जानकारी दिईएको छ । सम्पूर्ण लेखकहरुलाई लेखकप्रति उपल्व्ध गराएर संग्रहको भव्य रुपमा भर्जुअल विमोचन गर्ने तयारीमा रहेकोले यथाशीघ्र मंचको संपर्कमा आई लेखकप्रति ग्रहण गरिदिनुहुन पनि अनुरोध गरिएको छ ।

यस पुस्तकमा १३२ जना लघुकथाकारका २३० बालविषयक लघुकथाहरू संग्रहीत् छन् । तर यो पुस्तक कुनै पनि पुस्तक पसलहरूमा उपलब्ध हुने छैनन् । त्यसैले आफ्ना छोरा -छोरीहरूको लागि पुस्तक समयमै सुरक्षित गर्न चाहनुहुने अविभावकहरूले सम्बन्धित व्यक्तिहरुलाई सम्पर्क गर्नु पर्ने जानकारी दिईएको छ। पुस्तक मूल्य , व्यक्तिगत रू. २९० , संस्थागत रू. ३९० तोकिएको छ। साथै प्रति पुस्तक कुरियर चार्ज तिरेर कुरियरद्वारा पनि पुस्तक प्राप्त गर्न सकिने छ। पुस्तककालागि संपर्क गर्न सकिने मञ्चका आधिकारिक व्यक्तिहरु घनश्याम डल्लाकोटी कृष्णजी शर्मा , मनोज चौधरी, गोम विक्रम, कमल पौडेल, केशर अर्याल, कोशाबल्लव रेग्मी, निलम कुमा पौडेल आदिलाई सम्पर्क गर्न सकिने छ।