०९ जुलाई। बिगत लामो समय देखि चितवनका चर्चित सन्चारकर्मी तथा गायक संजय चौधरीको तुई नताउ… बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। संजय चौधरी आफैँले स्वर, सांगेत र शब्द रचना रहेको गीतको भिडियो म्याडम्याक्स राइजिङ्ग इन्तेर्टेनरले आफ्नो युट्युब च्यानल मार्फत सार्बजनिक गरेको हो। थारु भाषाको गीत भए पनि आफ्नो प्रेमिकाको बिछोडले तड्पिरहेको प्रेमीले आफ्नो जीवन वर्वाद गर्नु भन्दा आफ्नो आमा बुवाको लागि भए पनि सुन्दर जिन्दगि सजाउनु पर्छ भन्ने संदेश दिएको छ। हिरा चौधरीले निर्देशन गरेको म्युजिक भिडियोमा देव चौधरी र अरिन चौधरीको अभिनय हेर्न सकिन्छ। छोटो समयमै चर्चा कमउन सफल गीतको अरेन्ज भने कृष्ण लिम्बुले गरेका हुन् भने आरोही इन्टरटेन्मेंटको प्रस्तुति रहेको छ।