१८ अप्रिल, वार्सवा। विवेकशील साझा पोल्याण्डद्वारा गैर आवासीय नेपाली संघले आगामी १९ जुलाई २०२१ मा गर्न लागेको अधिवेशनको लागि तोकेको पंजीकृत सदस्यता शुल्क प्रति ध्यानाकर्षण भएको भन्दै सो शुल्क घटाउन माग गर्दै प्रेस विज्ञप्ति निकालेको छ। हिजो विवेकशील साझा सद्भाव समूह पोल्याण्डको फेसबुक पेज मार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा पोल्याण्डमा मध्यम आयमा काम गर्ने नेपालीहरुलाई संघले तोकेको रकम तिर्न मुस्किल हुने भएकोले तुरुन्तै घटाउन अनुरोध गरिएको छ। कोरोनाको कारण रोजगारीमा नकारात्मक असरका कारण यसै पनि आम्दानी निक्कै घटेकोले तोकिएको १०० ज्लोती रकम पनि नेपालीहरुले तिरेर सदस्यता लिने वातावरण नरहेकोले सो निर्णय खारेज गरी न्युनतम शुल्क लिन माग गरिएको छ।

hi
LikeLike