हाम्रो वातावरण

हाम्रो वातावरण
यो २०१८ जूनको कुरा हो। मेरो भाई अनि म आफनो देश नेपाल जादै थियौ सात वर्ष देखि अमेरिका देश गाऊँहरू धेरै जसो देखेको याद उस्तै नै थियो। तर मेरो भाइ अलि सानो उमेरमा अमेरिका आएको हुनाले त्यति याद थिएन। म अनि मेरो भाइ एक्दम उत्साहीत थियो आफनो देश जानको लागि । जब हामी अमेरिकादेखि कतार पुग्यै हामीलाई अब हाम्रो देश नजिक आयो लाग्न थालेको थियो त्यहा हनुभएको नेपालीहरूलाई देखेर। जब हामी कतार देखि नेपालको लागि प्लेन चढेर काठमाण्डूतिर लाग्यौ हामी दुई भाईलाई कतिबेला आफनो देश पुगिने होला भाको थियो। मलाई अहिले जस्तो लाग्छ जब त्यो प्लेन देखि काठमाण्डू देखिन थालेको थियो। अनी जब प्लेन धावन मार्ग नजिक आउदै थियो मेरो भाईले भनेको कुराले मलाई हास्न र सोच्ने बनायो। दादा ब्राजिल जस्तै देखियो कति धेरै घर। हामी एअरर्पॉर्टबाट निस्केर टैक्सी चढेर जादा भाईले एर कंडिशनर चलाउनु भन्दा ड्राइभर दाईले टैक्सीको ढोकाको सीसा खोलीदिनु भयो। अनी त्यो बालूवा न माटो मिसेको जस्तो हावा आयो मैले दाई लाईदिनु सीसा भनेर भने। मलाई थाहा भयो त्यो बेला हाम्रो देशमा कति कुराको बिजोक रहेछ भनेर। म आफै पनि बिज्ञानको बिषयमा बैचलर गर्दै गरेको थिए अनि कति कुराको समस्या देखे मैले त्यो एक छिन मै। जता हेरे पनि मैले केही न केही कुरामा मानवलाई समस्या दिने कुराहरूँ देखे र नियाल्दै थिए। पानी , हावा, र वातावरणको बारेमा सोच्नु र संरक्षण मानवताको हिसाबले मानिसले गर्नु पर्छ। कति कुराहरु त सानो सानो सुधार बाट पक्कै पनि राम्रो बनाउन सकिन्छ चाहयौ भनि। हाम्रो देश हिमाल पहाड़ अनि तराईले बनेको छ, त्यही हुनाले हामी हाम्रो वातावरणको ख्याल गर्नु पर्छ। जब म सानो थिए त्यो बेलापनि पानी धेरै पर्ने गर्थ्यो अनि खेती गर्नलाई नि सजिलो थियो, हुन त आहिले हरेक कुरा सजिलो भाको छ मानिसको जीवन चलाऊनलाई। तर हामी सबैले सोध्नु पर्ने कुरा के हो भने, हामीले जियको सहज जीवनको मूल्य कति ? जहाँ खेत बारी अनि भाको जमिन प्लाटिंग बन्दै जान्छ, हामीले खाने कुरा कहाँ बाट आउछ अनि कसरी बनेको हो त्यो कुराको सोधपुछ त गर्ने बाटो नै छैन। जब सहर गाऊँमा सहजको नाममा इट्टा भट्टी अनी सीमेंट देखी धेरै कारख़ाना चल्न थाल्छन् जहा कूनै नियम कानूनको मत्लब नै छैन। त्यहा आज केही कसैको नोकसानी नहोला तर भोलिको जिम्मा कस्ले लिने? मानव स्वास्थ्य अनि वातावरणको मूल्य कसले दिने? अमेरिका अनि ब्रिटेन जस्तो देशमा यस्तै कारख़ानाको कारण हजारौले ज्यन गुमाएका छन् वातावरणको क़ानून आऊनु अघि । हामी त एक पटक सोच्नु पर्छ, त्यहा हुन्छ यहा नी हुन्छ हैन तर हामी के अनि कसरी त्यस्तो हुनबाट बच्ने सोचेर गर्नु पर्छ। जब जंगलमा हुने जानवरको कमी हुन्छ त्यहाको झारजङ्गल खानी जनावरको कमी भयो भने त्यहा पक्का आगो अनी डढेलोले दुख दिनेछ। अमेरिका जस्तो देशमा आगो डढेलो बिरुद्दमा जंगलमा झार जंगल खानको लागि बाख्राहरु छोड़नू परेको थियो गएको वर्ष मात्रै। हाम्रो नेपालको जंगलमा त धेरै नै गर्नु पर्छ। जंगलको कमी भएमा जमिनले दुख दिने छ अनि जब जंगलको जनावर जन्तुको कमी हुन्छ तब आगलागी जस्ता घटना अझै आऊने छन् । बाटो बन्नू पर्छ हरेक कुराको सुविधा हनु पर्छ तर आउने आइपर्ने कुरा के हो बुझेर मत्रै। हामी यी कुराहरु बुझनु पर्छ यी कुराहरुको बारेमा बोल्नु पर्छ। हामीले हाम्रो सोच अनि बिचारमा बदलाव ल्याउनु पर्छ पहिले अनि मात्रै परिबर्तन आउछ। हामी संग टाइम छ यति हो हामिले कसरी यी कुराहरुको समाधान गर्छौ ।हामीले चाह्यौ भने हरेक कुराको समाधान ल्याउन सक्छौ तर हातेमलो गरी संगै अघि बढ्नुपर्छ। सफा हावा पानी अनि वातावरणमा बाच्न पाउनु हाम्रो अधिकार हो। हामी नभए को अनि अहिले नभए कहिले?

🖋️ धिरज अधिकारी
दाङ , नेपाल !
हाल – अस्टीन , टेक्सास !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.