मित्रलाल पार्दे आजभोलि मलाई धेरैले फ्लाइट टिकट सहि हो कि गलत भनेर सोधेका हुन्छन् र तपाइले दिएको रिजर्भेसन नम्बरबाट नै जहाज टिकट गलत हो कि सहि हो पत्ता लगाउन सकिन्छ । केही दिन अघि केही भाइहरुको अनलाइन टिकट के हो सहि हो कि गलत भनेर जानकारी मागेका थिए आखिर त्यो गलत थियो ।डमि टिकट भनेको त्यस्तो टिकट हो जुन एजेन्सी एजेन्टहरुले केही समयको लागि होल्डमा टिकट रिजर्भ राखेका हुन्छन् ।जहाज वेबसाईटहरुमा पनि टिकट रिजर्भेसन लेखिएको देखाएको हुन्छ तर यस किसिमको टिकट वास्तविक हुदैन । यो दूतावासहरुमा भिजा टिकट रिजर्भेसन देखाउनको लागि काम गर्छ यद्यपि टिकट होल्ड गरेको समय भित्र जहाजलाई पैसा तिरेको छ भने टिकट इस्यु भएको हुन्छ । टिकट इस्यु नभएको डमि टिकटलाई धेरैले टिकट काटिएको भनेर बिस्वाश गर्दा रहेछन् । कसरी डमि टिकट र वास्तविक टिकट पत्ता लगाउने हामी डाइरेक्ट जहाज अनलाइनबाट टिकट लियौ भने त्यहा पि एन आर र टिकट नम्बर देखा पर्छ यदि जहाज वेबसाइटमा टिकट पि एन आर देखियो तर टिकट नम्बर देखिएन भने त्यहा शंका गर्नैपर्छ त्यस्तो अवस्थामा सम्बन्धित जहाज कम्पनीमा फोन गरेर बुझ्नै पर्दछ । केही ट्राभल अनलाइन एजेन्सिहरुले आफ्नो रिजर्भेसन नम्बर इस्यु गर्छन् , तर पि एन आर नम्बर हुँदै जहाज टिकट नम्बर प्राप्त हुन्छ । उनिहरुको आफ्नो रिजर्भेसन नम्बर दिदैमा त्यो जहाज टिकट ग्यारेन्टी हुदैन त्यसको लागि उनिहरुले दिएको पि एन आर राखेर सम्बन्धित जहाजको वेबसाईटमा पत्ता लगाउनुपर्छ । वेबसाइटमा टिकट नम्बर हुनु अनिवार्य छ । केही अनलाइन कम्पनीहरु आफू डुब्ने बेला नसुहाउदो तरिकाले सस्तो मूल्य राखेका हुन्छन् त्यहा सतर्क हुनुपर्छ दुई बर्ष अघि नै युरोपको टृपिस्टा कम्पनिले करोडौ रकम ठगी गरेर बन्द भएको छ । अत अबलाइन सम्वन्धी टिकट लिदा बुझेर लिने गरौ । अर्को फेक टिकट हो न त दूतावासमा काम गर्ने न त एअरलाइन्स साइटमा देखिने मात्र टिकट जस्तै देखीने नितान्त फेक टिकट हो । हरेक फेक टिकटहरु डमि टिकट हुन सक्दैनन् तर हरेक डमि टिकटहरु उनिहरुको समय सकियो भने फेक टिकट हुन सक्छन् ।
