बर्ष २०१९ पोल्यान्ड नेपाल बाट सम्मानित कलश खरेलको पत्रकारिताको यात्रा

नुमनाथ न्यौपाने: आम मानिसको जीवन वृतचित्रमा द्रवीभूत गरिरहदा सरलताको पर्दा प्रक्षेपण गरेता पनि संघर्षको फेरिस्त गहन एबम ओजस्वी हुन्छ।हरेक बेक्ती सफलता प्राप्तिका निम्ति अहोरात्र परिश्रमको मार्गमा पल-पल शिरोधार्य गरेको सतहिमा रेखांकन भएका छन।सफल व्यक्तिका अगाडि पात्रहरु तालिले वाही-वाही गर्न दत्तचित्त हुन्छन तर अटल संघर्षको कथाबाट प्राप्त भएको परिणाम अध्यन गर्न अग्रसर कमै हुन्छ्न।आज यस्तै-यस्तै अनेको आरोह-अबरोह मार्फत आम मानिसका बिचमा कुशल पत्रकारको रुपमा कहलिएका पात्र कलश खरेलको सन्दर्भमा चर्चाको परिछन्द उल्लेख गरेका छौ।झट्ट हेर्दा बेक्तित्व कलात्मक र शालिन आचरणमा प्रस्तुत हुने खरेल आम मानिसजस्तै स्वरुपमा दरब्य हुन्छन तर उनको बौद्धिकता,कुटिलता ,इमान्दारिता आफैमा सर्बोउत्कृस्ट छ। गुल्मिको सुप्रसिद्ध कफि खेतिको नमुना गाउँ आपचौरमा बुवा सुर्यमुर्ती खरेल र आमा राधा खरेलको कोखबाट जेठो सुपुत्रको रुपमा धर्तिमा पाइला टेकेका खरेल बाल्यकालदेखी नै अनुशासित,लगनशिल तर बौद्धिकतामा चातुर्य थिए।उनको परिबार सामाजिकरुपमा एक प्रतिस्ठित धारमानै परिचित थियो यधपी आबरणमा सरलता देखिएतापनी उनको यात्रा कठिन,जटिल,सङ्गिन तरङ्गहरुमा बाधिएको थियो।उनले बेक्तिगतरुपमा जिबनयात्रामा सुख-हर्शको रशलिला बिरलै अनुभव गरे जहाँ बाल्यकालमा रोमान्चित पर्दामा कैद गर्ने कुनै पल उनका सामु स्खलित हुन पाएन परिणामतह:बाल्यकालदेखिनै उच्च उमेरको बेक्तित्वको स्वरुपमा उनी ब्यबहारिकतामा रुपान्तरित भए।प्राथमिक शिक्षा गाउको शिव शकर माबीबाट आर्जन गरेका खरेलले एस एल सि भने बाकेको महेन्द्र उच्च मा.बि ,नेपालगन्जबाट गरेका थिए।उनी हरेक पलजसो लगभग अध्यननमै बिताउथे जहाँ उनी खोजखबरमा अधिक ध्यानआक्रषित गरिरहेका हुन्थे।बाल्यकालदेखि नै समाचार ,खबरमा जोड दिने खरेलले टेलिभिजनमा पनि समाचार हेरेरनै आनन्द लिन्थे जहाँ अन्य बालबालिका भन्दा उनको शैली पृथक तबरबाट पुरस्कृत भएको थियो।खरेल बेलाबखत भनिरहेका हुन्छन सायद नेपालगुन्ज मामाघरमा उनी शिक्षा आर्जन गर्न नआको भए शैक्षिक अबस्था धिमा गतिमा हुने थियो।शिक्षा सबल र उत्कृष्ट बनाउन सहजीकरण भुमिका खेल्ने मामा केशब पोखरेल,कृष्ण पोखरेल र माधब पोखरेललाइ खरेलले श्रेय दिएका छन।जीवन साध्य हैन साधकी बनाउनु पर्छ भन्ने मुलभुत मान्यता राख्ने खरेल एस एल सि पश्यात यात्रा नेपालको राजधानी काठमाडौ तय गरे।हरेक सुबिधाबाट सुसज्जित शहर काठमाडौ दृशयमा जति सहज थियो तर सामिप्यमा घर्षण गर्दा जटिलताका अभयबहरु छरपस्ट हुन्थे जुन कठघराबाट खरेल पनि दुर हुन सक्ने अबस्था थिएन।सुरुका दिन खरेलका लागि पक्कै सहज थिएन तर हरेक चुनौतिको डटेर सामना गर्दै खरेलले अध्यन अगाडि बडाइरहे यधपी कुनै समय आर्थिक अभाबका कारण केही दिन भोकै बसेर पनि उनले आफ्नो पीडा लुकाउने प्रयत्न गरे।२०६२ सालको अन्त्यतिर आइए उत्तीर्ण पश्यात देशकै प्रतिस्ठित मिडिया हाउस एबम सुप्रसिद्ध पत्रीका कान्तिपुरमा ब्यबस्थापन पाटोमा आबद्ध भएर पत्रकारिताको लगनगाठो कसे।उनका समकालीन साथिहरुमा बिदेशको सपना साभार हुदा उनी पनि त्यो कल्पनामा डुब्न शुरु गरे फलस्वरूप बेलायतको लागि बिद्यार्थी भिसामा आबेदन दिए जहाँ उनी सफल हुन सकेनन।बिदेशको धङधगिले उनलाइ चलायमान गराउदा उनी अर्को देश अस्ट्रेलियामा आबेदन दिए दुरभाग्य त्यहाँ पनि उनी सफलताको डोरि कस्न सकेनन फल्स्वरुप नेपालमै प्रगतिका पाइला चाल्ने उदघोष गरे।उनी भिसा आबेदन दिने क्रममानै कन्सल्टेन्सी सन्चालकसङ्ग घनिस्ट सम्बन्ध स्थापित गराउन सफल भए र काठमाडौको गिगा कन्सलटेन्सिमा केही समय काम गरे।उनी काठमाडौ रहदा पनि विभिन्न पत्र-पत्रीकामा लेख-रचना प्रकाशित गरिरहेका हुन्थे।समय-परिस्थी आफ्नो पावन्दिमा कहाँ हुन्छ र जसको कारण खरेल मोफसलको चर्चित शहर बुटवलमा स्थानान्तरण भए।बुटवलमा रहदा पनि खरेल त्यहाका चर्चित दैनिक पत्रीका जनसंघर्ष,नयाँभावना दैनिकमा केही बर्ष काम गरे।समयक्रमअनुसार जबर्जस्त समाचार प्रवाह गर्ने उद्देशका साथ आफ्नै स्वामित्वमा दिब्रुङ्ग साप्ताहिक सन्चालन गरि सम्पादकको रुपमा कार्यसम्पादन गरेका थिए।तद समयमा आर्थिक -सामाजिक बिसय बस्तु लगायत सत्य-तथ्य एबम खोजमुलक खबर प्रवाह गरिरहे।समयको कालखण्ड सायद सबैको पक्षमा निकट हुदोहो भने कोहिपनी आफ्नो देशको अनुपम सुन्दरता सङ्ग रमाउदै जीवन ब्यथित गर्ने थियो।बिबिधकारणबस खरेल पनि बिधिबतरुपमा युरोपियन सदस्य रास्ट्र पोल्यान्डमा पाइला टेक्न आइपुगे।खरेलको आगमनै पोल्यान्डका लागि सौभाग्य थियो किनकी सुस्त रहेको मिडिया क्षेत्र उनकै पहलमा पोल्यान्डमा जबर्जस्त एबम तेजिलो भएको थियो एक बहुआयामिक एबम बहुप्रतिभाशाली पत्रकारकोरुपमा आम जनता माझ सुप्रशिद्ध भएका छन।बास्तबिकरुपमा भन्नु पर्दा खरेलले पोल्यान्डलाई पत्रकारिता माध्यमद्वारा सक्रिय बनाएका थिए । उनी हाल हाल प्रेस सङ्गठन नेपाल युरोप शाखाको सदस्य ,नमुना नेपाल संस्थापक सम्पादक र हाल पोर्चुगलमा रहेर सक्रिय पत्रकारीता गरिरहेका छन् । ( पोल्यान्ड नेपालमा रहेर जुन किसिमको योगदान कलस खरेलले दिए त्यो योगदान प्रति पोल्यान्ड नेपाल सदा नमन गर्दछ र पोल्यान्ड नेपालले दिएको सम्मानलाई सम्झेर युरोपमा नेपाली पत्रकारीतामा बिशेष योगदान दिनुहुनेछ भन्ने हाम्रो पुर्ण कामना छ ।)(पोल्यान्ड नेपाल )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.