,
जवाफ चाहियो नेपाल सरकार
मित्र लाल पार्दे पोल्यान्ड
आज बिश्वभरबाट नेपाल जाने यात्रुहरुले यो फारम https://ccmc.gov.np/arms/person_add_en.php#भर्न नसकेर कति दुख पाएका होलान् ?
यो फारम नभरे एअरपोर्टले जान नदिने फारम भर्ने लिन्क झन्डै १० घन्टा देखि खुलिरहेको छैन । सेकेन्ड सेकेन्डको महत्व हुने यात्रुहरुलाई १० घन्टा यो वेबसाईट नखुल्दा नेपाल सरकार अध्यागमन बिभाग मौन हुनु सार्है दुखदायी अवस्था हो ।
यात्रुहरुको यात्रामाथी १० घन्टा माथी लापरबाही गर्ने अध्यागमन बिभागको अनलाइन आइटी टिम यथाशीघ्र बर्खास्त होस् । न त कुनै जानकारी बिना जानकारी हजारौ यात्रुहरुहरुलाई यो साइट नखुलेर कतिलाई तनाब भएको छ नेपाल सरकार तिमी किन मौन ! यो साइट नखुलेर यात्रा गर्न नपाउने यात्रुहरुको क्षतिपुर्ती कसले दिने सरकार तुरुन्त जवाफ चाहियो ?