“कुनै बेला पर्चा टासेर , कुनै बेला पसलमा काम गरेर अध्यनलाई निरन्तर अगाडि बढाए ” अनिल पौडेल

पोल्यान्डमा २०१६ देखि बस्दै आएका अनिल पौडेल खासै बाहिर नदेखिए पनि उनको लेखन शैलीलाई हामिले आत्मसाथ गर्नैपर्दछ । केही समयदेखि पोल्यान्ड बसेर फुर्सदको समयमा पि एन टिभीमा कार्यकारी सम्पादक रहेर पत्रकारिता गरिरहेका अनिल पौडेल २०२१ को पोल्यान्ड नेपाल सम्मानबाट सम्मानित भएका छन् । अनिल पौडेलको जिन्दगी बारे सानो जानकारी जिवनको २६ वसन्त पार गरिसकेका अनिल पौडेल सन २०१३ मै पशुपति बहुमुखी क्याम्पस चावहिल काठमाडौं बाट प्रज्ञा पदक प्राप्त गरिसकेका छन् । पशुपति बहुमुखी क्याम्पस काठमाडौं बाट सन २०१४ मा बिबिएस ‘कलेज टपर’ अनिलको स्वभाव अन्तर्मुखी स्वभाव अध्ययनशील रहेको छ । सन २०१८ मा युरोरिजनल युनिभर्सिटी पोल्यान्ड वार्सा बाट एमबिए अध्ययन गरिसकेर सन २०१८ को समरमा जर्मनीको भुर्जबर्ग युनिभर्सिटी बाट ‘ युरोपेली राजनीति’ मा समर स्कुल कोर्स अध्ययन सम्पन्न गरिसकेका छन् । नेपालको ग्रामीण ठाउँ दाई, निम्न मध्यम बर्गीय परिवारमा सिन्धुपाल्चोकको विकट ठाउमा हुर्केको र स्कुले शिक्षा सिन्धुपाल्चोककै कुभिन्डेमा रहेको पन्चकन्या माविमा भएको थियो । त्यसपछि उच्च शिक्षा लिन राजधानी काठमाडौँ आए । काठमाडौँको चावहिलमा रहेको पशुपति बहुमुखी क्याम्पसमा अध्ययन र १,५ बर्ष प्रशासनमा काम गरेर आफ्नो जिन्दगी यात्रा अगाडि बढाए त्यसो त उच्च शिक्षाको क्रम रोकिएन उच्च शिक्षाकै दौडानमा, एमबीए पढ्न पोल्याण्ड हानिएका अनिलको लेखन र पत्रकारिता त जीवनको उद्देश्य त छ नै त्यस बाहेक पीएचडी अध्ययन सम्म गर्ने र अध्यापन गराउने पनि अर्को अभिष्ट लक्ष्य रहेको जानकारी पोल्यान्ड नेपाललाई गराए । उनी काठमाडौ पढाइको शिलशिलामा कुनै बेला सडकमा पर्चा टास्ने काम गर्थे। कहिले पसलमा काम गरे । जब कलेजमा उत्कृस्ट बिद्यार्थी भए त्यसपछि क्याम्पसले पदपूर्ति मागेर प्रसाशन सेवामा नियुक्ति दियो । पोल्याण्डको त संघर्ष अहिले पनि जारि नै छ । यसरी जिवनको यात्रा तय गरिरहेका अनिलले आफ्नो जिन्दगीको उद्देश्य पूरा गर्दै पोल्यान्ड र नेपाल सम्बन्धि सामग्री निरन्तर प्रवाह गर्दै अगाडि बढुन् यहीँ छ हाम्रो शुभकामना एवं साधुवाद । पोल्यान्ड नेपाल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.