मित्र लाल पार्दे : जब २०१९ मा कोरोना पत्ता लाग्यो तब सन्सार भर कोरोना टेस्ट व्यापक रुपमा हरेक देशमा गर्नु पर्ने भो । कोरोना टेस्टको लागि सबै भन्दा भरपर्दो र ड्ब्लु एच ओ बाट पनि पि सि आर टेस्टलाई बिशेष दर्जामा राख्यो र सन्सार भर यात्रुहरुलाई विभिन्न देशहरुले आफ्नो देशमा प्रवेश गर्नको लागि पिसिआर टेस्ट अनिवार्य गराए र गराएका छन् । के हो पि सि आर टेस्ट , सन् २०१९ को अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोन भाइरस (कोभिड- १९ ) ले संसारभरि नै गम्भीर खालको निमोनिया र श्वासप्रश्वासको रोग निम्त्याउन सुरु गर्यो। सुरुवाती दिनमा यसलाई २०१९ नोबेल कोरोन भाइरस भनिए पनि पछि यो भाइरसबाट हुने रोगलाई कोभिड-१९ भनियो कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि विभिन्न देशहरूमा प्रमुख दुई वटा तरिका अपनाइएको पाइन्छ, जस आन्तर्गत- १. डाइरेक्ट भाइरस छ/छैन भनेर पत्ता लगाउने विधि २. कोरोनाको संक्रमण भइसकेपछि शरीरले कोरोनाको विरुद्धमा निकाल्ने रोग प्रतिरोधात्मक तत्वको जाँच गर्ने, जसलाई हामी सेरोलोजिकल टेस्ट पनि भन्ने गरिन्छ । डाइरेक्ट भाइरस छ/छैन भनेर पत्ता लगाउनको लागि विभिन्न विधिहरुको प्रयोग गरिन्छ जसमा धेरै प्रयोग भइरहेको विधिको नाम हो, आरटी-पिसिआर टेस्ट। अर्को विधि हो, आइसोथर्मल एम्प्लिफिकेसन एस्से। त्यससँगसँगै र्यापिड एण्टिजिन डिटेक्सन टेस्ट पनि प्रयोग गर्न सकिन्छ। स्मरण रहोस् नेदरल्यान्ड सरकारले पि सि आर टेस्ट मात्र नभएर र्यापिड एन्टिजेन टेस्ट पनि अनिवार्य गर्नु पर्ने नियम कोरोना जोखिम देशहरुबाट नेदरल्यान्ड भित्रने यात्रुहरुलाई गरेको छ । नेपालको सन्दर्भमा ७२ घन्टा नेपाल पुग्दा सम्म पिसिआर टेस्ट न नाघेको हुनु पर्ने नियम छ । पिसिआर भनेको पोलिमरेज चेन रियाक्सन हो, यो संसारभर व्यापक रुपमा प्रयोग गरिएको मोलिक्युलर बायोलोजी (आणविक जीव विज्ञान) प्रविधि हो। यसमा कोरोना भाइरसको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छ कि छैन भनेर हेरिन्छ। यो अत्यधिक संवेदनशील विधि हो। जुन बिधिलाई डब्लु एच ओ ले मान्यता दिएको छ । यसमा संकलन गरिएको नमुनालाई आधिकारिक प्रयोगशालामा ल्याएपछि त्यसलाई २ चरणमा परीक्षण गरिन्छ। पहिलो चरणमा नमुनामा भएको भाइरसको आरएनए छुट्याइन्छ। त्यस विधिलाई आरएनए एक्सट्रयाक्सन भनिन्छ। दोश्रो चरणमा एक्सट्रयाक्सन गरिएको आरएनएलाई कोभिड-१९ को विशेष प्राइमरसँग जुधाइन्छ र संक्रमण शंका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) छैन भने कुनै प्रतिक्रिया आउँदैन र नतिजा नेगेटिभ आउँछ। तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको जेनेटिक कम्पोनेन्ट छ भने त्यो विशेष प्राइमरसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेन्स) देखिन्छ, जसले परिणाम पोजेटिभ भएको पुष्टि गर्छ। पिसिआर विधिबाट रिपोर्ट पोजेटिभ आउनको लागि १ एमएल नमुनामा ५०० भन्दा बढी भाइरसको संख्या हुनुपर्छ। त्यसैले कोरोनाको संक्रमणको लक्षण भएका अथवा शंका लागेका व्यक्तिहरुमा पिसिआर रिपोर्ट नेगेटिभ आउँदैमा ऊ संक्रमित भएको छैन भन्न सकिँदैन। अरु प्रविधिभन्दा धेरै संवेदनशील र खर्चिलो प्रविधि भएको हुनाले कोरोना संक्रमणको लक्षण नदेखिएका, जाँचको मापदण्डमा नपरेका र अति आवश्यक नभएका व्यक्तिहरुमा पिसिआर टेस्ट नगराउँदा पनि हुन्छ। कोरोना संक्रमण भइसकेपछि पनि २ देखि ३ हप्तामा हाम्रो शरीरले कोरोनाको विरुद्धमा रोग प्रतिरोधात्मक तत्वको विकास गर्ने र कोरोना भाइरसलाई विस्तारै निष्क्रिय पार्ने भएकोले पनि पिसिआर टेस्ट नेगेटिभ देखिन सक्छ। यस्तो बेलामा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्ने सम्भावना पनि एकदमै न्यून अथवा शून्य बराबर हुन्छ ।सन्दर्भ सामग्री स्वास्थ्य पत्रिका डा शेर बहादुर पुनका भनाइहरु एवं केही व्यक्तीका अनुभवहरु र स्वअध्यन । दायाँबायाँ रिजर्भेसन कुरै छैन मात्र http://www.meroreservation.com
