मित्र लाल पार्दे : पोल्यान्डमा जन्मिएका बच्चाहरूलाई पोल्यान्ड सरकारले हरेक महिना ५०० ज्लोटी झन्डै २० हजार नेपाली रुपैयाँ बच्चाको पढाइ लेखाइको लागि बाउ आमाहरुलाई दिने गर्दछ । तपाइले आफ्नो बच्चाको नाममा ५०० ज्लोटी हरेक महिना पाउनको लागि नजिकको आफ्नो वडा गाविस वा नगरपालिका सरकारी कार्यालयमा गएर निवेदन दिन सक्नु हुन्छ यद्यपि समय छैन भने घरमै बसेर पनि अनलाइन बाट बैन्क अप्लिकेसन मार्फत पनि निवेदन दिन सक्नु हुन्छ । स्मरण रहोस् अनलाइनबाट अप्लिकेसन दिदा आफ्नो जानकारी हुबहौ सहि दिनुपर्दछ । कुनै बेला तपाईलाई सरकारी कार्यालयले बच्चाको बारेमा एव तपाइले दिएको जानकारीको बारेमा बुझ्न अफिसमा बोलाउन सक्दछ । पोल्यान्ड सरकारले बच्चाहरुको हकमा ५०० ज्लोटी हरेक महिना परिवारलाई सामाजिक सुरक्षा अन्तर्गत बच्चा १८ बर्ष नहुदासम्म दिने गरेको छ । सन्सार भर होटेल जहाज पिसिआर लगायत हजारौ सेवा रिजर्भेसनको लागि http://www.meroreservation.com
