मित्र लाल पार्दे :हामी बिदेश यात्रामा हिड्दा सानो कागजात प्रक्रियामा लापरबाही गर्यौ भने समयको बर्वादी हुन्छ । त्यति मात्र होइन धेरै नै खर्च पनि डुब्छ। जब बिदेश यात्रामा हिड्छौ तब कुन देशको नियम कस्तो छ , कुन देशमा के कस्तो कगजात चहिन्छ त्यो ध्यान दिनु जरुरी छ र फेरि नेपाल लगायत केही देशका नागरिकहरुलाई बिदेश यात्रामा महिला र पुरुषको एउटै नियम लागू न भएको पनि हुन सक्छ । तपाईँ भिजिट भिसामा वा कामदार भिसामा वा विद्यार्थी भिसामा विदेश जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अध्यागमनमा आवश्यक पर्ने कागजातहरु तपाइले पेश गर्नु पर्दछ । अध्यागमनमा पेश गर्ने कागजात सहि हुनुपर्दछ । यदि गलत ठहरिएमा तपाइले आफै दुख पाउन सक्नु हुनेछ ।
यदि बिदेश यात्रामा हिड्दा तपाइले आवश्यक कागजात पेश गर्न नसकेमा अध्यागमनले प्रस्थान अनुमति नदिन सक्छ । भर्खरै नेपाल सरकारले पर्यटक भिसामा महिलाहरुको लागि बिशेष रुपमा नयाँ नियम ल्याएको छ । ती खाडीका देश जस्तै मलेसिया, इराक, सिरिया, अफगानिस्तान लगायत देशहरुमा जाने महिलाहरुको सवालमा विशेष चासो राखेको छ ।
20७७ कात्तिक २६ गतेको मन्त्रीस्तरीय निर्णयले भिजिट भिसामा यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया जान निम्न कागजात अध्यागमनमा देखाउनु पर्ने नियम पारित गरेको थियो । १ पासपोर्ट,२: भिसा, ३: दुईतर्फी टिकट,४: गन्तव्यसम्म बोर्डिङ पास, ५: स्पोन्सरले पठाएको चिट्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँको पनि व्यवस्था गरेको कागजात पेश गर्नुपर्छ ।यदि यी कागजातहरु अध्यागमनमा देखाउन सक्नुभएन भने अध्यागमन बिभागले बिदेश यात्रामा रोक्न सक्छ ।
हरेक देशको यात्रामा तपाइहरुले मुख्यतः यी माथी लेखिएका कागजातहरुमा ध्यान दिनु भो भने दु:ख पाउनु हुनेछैन ।
केही देशहरुमा यात्रा गर्दा महिला र पुरुषमा नियम फरक फरक राखिएको छ जस्तो
खाडीका देश, मलेसिया, इराक, अफगानिस्तान, सिरिया, अफ्रिकी देशहरु वा अरु देशमा पर्यटक भिसामा जाने महिलाहरुको जोखिम अवस्था कस्तो छ , महिलाहरू सुरक्षित हुने वातावरण कस्तो छ आदि इत्यादि अवस्थाको विष्लेषण गरेपछि मात्रै अध्यागमनले प्रस्थान अनुमति दिन सक्छ । यदि तपाइलाई बिदेशमा रहेकोे आफन्तगरुले निमन्त्रणा गरेको हो भने बिदेश बसेको व्यक्तिको सम्बन्ध प्रमाणित हुनेगरी एवं
विदेशमा रहेका आफन्त वा साथमा लान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात वा गन्तव्य देशमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र उ विदेशमा रहेको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्छ । यदि तपाई सिधै
ट्राभल एजेन्सीमार्फत भ्रमणमा जान लागेको हो भने ट्राभल एजेन्सीको टूर प्याकेजमा लगिएको भनी लेखिएको पत्र र स्वःघोषणा पनि आवश्यक पर्छ । ताकी तपाइको बारेमा यथार्थ जानकारी अध्यागमनमा होस् ।
अमेरिका, क्यानडा, युरोपियन देश, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्ने हुन सक्दछ ।
तपाईं गन्तव्य देशभन्दा अन्य देशमा ट्रान्जिट हुने व्यक्तिहरूलाई रोक्न सहज होस् भनेर अध्यागमन बिभागले दुईतर्फी टिकट अनिवार्य गरिएको जानकारी बारबार गराएको हुन्छ । पहिले पनि यो व्यवस्था थियो यद्यपि अनिवार्य गरेको थिएन ।
युरोप अमेरिका विद्यार्थी भिसामा विदेश जानेहरूका लागि पासपोर्ट, भिसा, गन्तव्य देशसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्वविद्यालयको सहमति पत्र, बास खर्चको व्यवस्थापन खुल्ने कागजात देखाउनु पर्दछ । बिद्यार्थीहरुले आफ्नो गन्तव्य स्थानको बारेमा केही सामान्य जानकारी पनि राख्नुपर्दछ । कुनै बेला अध्यागमन कर्मचारीले सामान्य जानकारी सोध्न सक्दछन् ।
बिदेशका विभिन्न ठाउँमा हुने तालिम तथा कार्यक्रममा विदेश जानेहरूले पासपोर्ट, भिसा, गन्तव्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचय पत्र देखाउनु पर्दछ।
हरेक भिसामा जाने व्यक्तिहरुले फरक फरक काम भिसा प्रकृति अनुसार कागजात हुन्छन् नै । बिदेशमा श्रम गर्न जानेहरुको हकमा श्रम स्वीकृतिको म्याद कम्तीमा ९० दिन भएको हुनुपर्दछ ।

सन्सार भर होटेल जहाज बस टुर रिजर्भेसनको लागि दायाँबायाँ कुरै छैन http://www.meroreservation.com