मित्र लाल पार्दे : पोल्यान्डमा पढाई सकेपछी वा पोल्यान्ड बस्ने क्रममा यहि जागिर पाएर पोल्यान्ड सरकारले अस्थायी अनुमति कार्ड टि आर सि लिएको मान्छे नेपाल जाँदा बैदेशिक रोजगार विभाग बाट श्रम स्विकृति लिनुपर्छ पर्दैन भन्ने अन्यौल धेरैमा छन् । धेरैले यो बारे अन्यौलता र नेपाल सरकारका केही बज्रस्वाठ कर्मचारीहरुको कारणले धेरैले दुख पाएका छन् । वास्तविक कुरा नबुझेर र नेपाल सरकारले पनि बुझाउन नसकेर धेरैले नेपाल गएर पोल्यान्डको भिजा भएर टि आर सि भएर पनि अनावश्यक दुख पाएका छन् । युरोपियन मुलुकमा आइसकेर विद्यार्थी भिजाबाट वा अन्य भिजाबाट यहि बसेर वर्कपर्मिट हुँदै टि आर सि लिएको व्यक्तिले वास्तवमा भन्ने हो भने श्रम बनाउनु पर्दैन । किन कि त्यो टि आर सि पोल्यान्डको नियम अनुसार प्राप्त गरेको डकुमेन्ट हो । ।
यदि म गलत छैन भने श्रम स्विकृति भनेको नेपाल बाटै बिदेशमा श्रम गर्न जाने बेला पो हो बिदेश आएर विभिन्न सीप सिकेर बिदेशमै प्राप्त गरेको कागजातको लागि के को श्रम स्वीकृति ।अझै मैले बुझे अनुसार कुनै नेपाली श्रम गर्न जाने बेला शुरूवातमा जान खोजेको देशमा जान स्विकृति छ कि छैन त्यो देशमा सरकारले अनुमती दिएको छ कि छैन भनेर दिईने पत्र भनेर बुझेको छु । बिदेशमा पोल्यान्ड वा युरोप पढेर वा युरोप एवं पोल्यान्डमा काम गरेर गएका व्यक्तिहरुले पुन श्रम स्वीकृति आवश्यक पर्छ पर्दैन त्यो बिषयलाई राम्ररी व्याख्या नगरिएकोले यो बारेमा नेपाल सरकार नै आफै अन्यौलमा परेको जस्तो मैले महसुस गरेको छु । पोल्यान्डमा पढाई सकेर पोल्यान्ड फर्कदा श्रम स्विकृति लिन पर्छ कि भनेर लिन जानेहरू पनि धेरै छन् । धेरैले के हो के भनेर डराएर लिएका छन् । नेपाल सरकारका मान्यजनहरुलाई यो बिषयमा बुझ्न धेरै पत्राचार गरे तर चुप छन् । हुनत यस बिषयमा फर्कदा एयरपोर्टमा समस्या नहोस् भनेर यसो कर्मचारीलाई केही रकम दिएर आफ्नो काम गराएको भन्ने सुन्ने गरिन्छ ।

<!–हुन त म पोल्यान्डबाट नेपाल दुई पटक फर्के तर कहिल्यै श्रम स्वीकृति बनाउनु परेन यद्यपि मसित आएका केही साथिहरुले के हो के भनेर श्रम स्वीकृति बनाएका रहेछन् मेरो हकमा कहि कतै पनि श्रम स्वीकृति आवश्यक परेन । यसो एक जना कर्मचारीसित बुझेको कर्मचारीहरूबाट दोध , कोही भन्छ चाहिन्छ त कोही चाहिदैन । कसैको यो बारे समस्या आएपछि केही कर्मचारीहरुसित बुझ्दा तपाईलाई रोक्न सक्ने भनेको एयरपोर्टको अध्यागमन हो, यो विषयमा बुझ्न अध्यागमन विभागको निर्णयमा भर पर्छ । , यो त नेपाल हो यहाँ यही सिस्टम छ भनेर मनमनै सोचे । केही समय कुरे पछी कर्मचारी आयो र आफ्नो समस्या सुनाए । तपाईको स्थिति हेर्दा त रोक्नु नपर्ने हो तर यदी रोकिनै हाल्यो भने एयरपोर्टको ईमिग्रेशले रोक्छ , कता कता बुझ्ने तर मैले बुझे अनुसार युरोपमा बसेर कार्ड टि आर सि लिएको व्यक्तिले श्रम स्वीकृति लिनु आवश्यक छैन । आवश्यक छ्भने लौ न सरकार कुन धारा र उपधारामा लेखिएको छ युरोप बसेर युरोपको कागजात लगेर गएको व्यक्तिलाई फेरि श्रम स्वीकृति गर्नु पर्ने ? फेरि धेरै मिडियाहरुबाट बुझे अनुसार यश प्रकृतिको कागजातलाई श्रम स्वीकृति आवश्यक पर्दैन तर पनि अध्यागमन कर्मचारीहरुले किन दुख दिइरहेका छन् कुन्नि ? हुन त बिदेश यात्रा गर्दा सम्बन्धित व्यक्तिको कागजातमा ध्यान नपुर्याउदा धेरैले अध्यागमन कर्मचारीबाट दुख पाएका छन् । जहाज टिकट लिएर तयारी अवस्था हुदाहुदै पनि एयरपोर्ट को ईमिग्रेश जाने एयरपोर्टकोको कर्मचारीले पनि युरोपको कागजात लिएर फर्केको व्यक्तिलाई नरोक्नुनपर्ने हो तर डेस्कमा हुने कर्मचारीको भर पर्छ भनिन्छ । कर्मचारीहरु जो लोकसेवा पढेर आफू जागिरेदार भएको भन्ने ठान्छन् उनिहरुले किन स्पस्ट पार्न सकेका छैनन् किन दोधारे कुरा गर्छन श्रम गर्दा राम्रै हुन्छ भनेर हामिलाई बताइदिन हुन अनुरोध गर्दछु । इमेल mlpardey@gmail.com मा वा polandnepal27@gmail.com मा लेखेर नेपालको श्रम मन्त्रालयको कुन धारा उपधारामा युरोपमा बसेर स्टुडेन्ट भिजा हुँदै वा अन्य भिजा हुँदै युरोपको कार्ड लिएर गएको व्यक्तिले फेरि फर्कदा श्रम गर्नु पर्ने स्पष्ट जानकारी बताइदिनुस । कि त फेसन हो कि त वस्तविक्ता हो मलाई त्यही प्रकृतिको कागजातमा श्रम नलाग्ने हाम्रा साथिहरुलाई लाग्ने सबै कारण सम्बन्धित निकायले प्रेषित गरिदिन हुन हार्दिक अनुरोध गरे है नेपालको कर्मचारीहरूमा नियम कानुनको राम्रो जानकारी नहुँदा धेरैले व्यक्तिहरूले कोतोना समयमा श्रम कागजातको नाममा धेरै दुख पाएका छन् यो बारेमा चासो राख्ने सरकार कहाँ छ कुन्नि !
पोल्यान्ड लगायत युरोप पढाई सकेर जागिर खाएको मान्छे फर्कदा एयरपोर्टक कर्मचारीले श्रम स्विकृति नभएको कारण जान दिएन भन्ने घटना सुनिन्छ तर यो पूरा पुर गलत हो । यो पुर्णरूपमा अध्यागममा बस्ने कर्मचारीको अज्ञानतले गर्दा हो । त्यस्ता कर्मचारीहरुलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ जब कि युरोपमा दक्ष कामदार बनेर युरोपको टि आर सि टेम्पोररी रेजिडेन्ट कार्ड लिएको व्यक्ती नेपाल गएर फेरि फर्किनु पर्दा श्रम स्विकृति चाहिदैन तर अल्पज्ञान भएको कर्मचारीको हातमा परे यात्रुले अनाहकमा दु:ख पाउछ । यदि श्रम स्वीकृति त्यस्तो प्रकृतिकोलाई चाहिन्छ भने नेपाल सरकारले स्पष्ट पार्नुपर्छ नत्र कसैले श्रम गराएर आउने कोहि गराउनु न पर्ने वास्तविक जानकारी दिनुपर्ने कर्तब्य नेपाल सरकारको हो । यदि यात्रुलाई अध्यागमन कर्मचारीले अनाहकमा दुख दिएको हो भने त्यसको क्षतिपुर्ती त्यही कर्मचारीले भर्नु पर्ने हुन्छ । तर राम्रो काम गर्ने कर्मचारी प्रति सदा सम्मान हुनेछ । हामी यात्रुहरुले पनि थोरै दुख पाएर भए पनि नियम कानुन सित झेल्न अप्ठ्यारो मान्नु हुदैन । ओहो अध्यागमनले कागजात मागी हाल्यो केही हजार दिएर मेरो समस्या समाधान गर्छु भन्नू भन्दा बरु एक दिन ढिलो होस यो वास्तविक्ता के हो भनेर वास्तविकता झेल्छु भनेपछि तपाइले समाधान पाउनु हुनेछ । फेरि खाडी मुलुकको लाइनमा बस्नु भो भने त्यहा कर्मचारीहरुले सबैलाई स्वीकृति मागेका हुन्छन् र खाडी मुलुकमा जाने एव अन्य युरोप देश पहिलो पटक कामदार भिजामा जानेको हकमा श्रम स्वीकृति हेर्नू ठिक हो । तर युरोप आएर बिद्यार्थी भिजा हुँदै वा कामदार भिजा हुँदै टि आर सि लिएर गएको व्यक्तिको हकमा श्रम स्वीकृति लिनु पर्दैन जस्तो मलाई लाग्छ र मैले अहिले सम्म श्रम स्वीकृति लिएर हिड्नु परेको पनि छैन ।
कुनै पनि जहाज होटेल बस खोज्ने सजिलो उपाय http://www.meroreservation.com
–>