पोल्यान्डमा काम गर्ने कामदारले आफ्नो श्रीमती वा श्रीमान डिपेन्डेन्ट भिजामा बोलाउन के गर्नु पर्छ ?

मित्र लाल पार्दे : तपाइको तलब कम्तिमा तीन हजार ट्याक्स कटाएर आउछ भने र पोल्यान्डमा बसेको कम्तिमा तीन बर्ष भो भने तपाइले आफ्नो परिवार श्री मति वा श्रीमान भएको भए डिपेन्डेन्ट भिजामा बोलाउन सक्नु हुनेछ । डिपेन्डेन्ट भिजामा बोलाउदा के के प्रक्रिया अवलम्बन गर्नुपर्छ त : सर्वप्रथम श्रीमतिको पासपोर्टको ३२ पेज नै फोटोकपी गरेर एटेस्टेसन गर्नको लागि पोलिश दुताबासमा पठाउनु पर्दछ । यसरी एटेस्टेसन गरेर पठाउदा निवेदन सहित पठाउनु पर्दछ । साथै बिबाह दर्ता कागज र जन्म दर्ता कागज पनि नेपाल परराष्ट्र मन्त्रालयमा छाप हानेपछि नया दिल्ली दुतावासमा पठाउनु पर्दछ । दुतावासको प्रती डकुमेन्ट छाप हानेको शुल्क २७०० भारु लाग्दछ । उक्त कागजात पोल्यान्ड आइसकेपछि पोल्यान्ड इमिग्रेसनमा डिपेन्डेन्ट भिजाको लागि अप्लाइ गर्न सकिन्छ । पोल्यान्डमा बिवाह दर्ताको लागि पोल्यान्ड एम्बेस्सी बाट छाप लगाएर आएको सक्कली कागजात र आफू अनि निवेदनमा आफ्नी श्रीमतिको हस्ताक्षर सहित वा कसैलाई अधिकार दिइएको पावर अफ एटोर्निबाट अप्लाई गर्न सकिन्छ । स्मरण रहोस पोल्यान्ड सरकारले बिवाह दर्ता कागज दिने बेला नेपालको सक्कली कागजात आफै राख्दछ र त्यो सरकारले दिएको विवाह दर्ता कागज तपाइले सुरक्षित साथ राख्नु पर्ने हुन्छ । पोल्यान्ड इमिग्रेसनमा अप्लाइ गर्दा श्रीमानले आफ्नो टि आर सि अप्लाइ गर्दा जुन जुन कागज हो अप्लाइ गर्ने तिनै कागजात बुझाउनु पर्ने हुन्छ । पित ३७, कामदार कन्ट्र्याक्ट , रुम कन्ट्र्याक्ट ,४ कपि फोटो , ४४० ज्लोटी इमिग्रेसन दस्तुर , घरवेटीको एग्रीमेन्ट लेटर यदि परिवार आएमा बस्न कुनै आपत्ति हुने छैन भन्ने किसिमको । यी लगायत इमिग्रेसनले माग्ने केही सपोर्टिङ डकुमेन्ट मागेको खन्डमा बुझाउनु पर्दछ । सबै कागजात मिलेमा ३ देखि ६ महिनामा डिसिजन निस्कन्छ र उक्त डिसिजन यहाको कागजात सबै नेपाल बस्ने श्रीमतिलाई पठाएर इन्डिया एम्बेस्सीमा भिजा प्रकृयाको लागि अप्लाइ गर्न जानुपर्ने हुन्छ । पोल्यान्ड एम्बेस्सीबाट भिजा लिएपछि पोल्यान्ड आएर नै परिवारले आफ्नो कार्ड लिन सक्नेछन् । सन्सारभर कुनै पनि जहाज होटेल बस कुरिअर खोज्नको लागि एकदम सजिलो उपाय http://www.meroreservation.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.