पित ११ कम्पनीले न दिएमा के गर्ने ?

मित्र लाल पार्दे: पित ११ छैन भने हरेक कामदारको पित ३७ बन्न सक्दैन पित ३७ नै बनाउन सकिएन भने इमिग्रेसन प्रक्रियामा लफडा हुने गर्दछ । पित ३७ बनाउने बेलामा नै आफ्नो बच्चा बच्ची छन् भने त्यहा राखेर पित ३७ बनाउदा नै पित जिरो बनाउनु पर्दछ । हरेक बर्ष कम्पनीले जनवरी देखि फेब्रुअरी ,मार्च सम्म आफ्ना कामदारहरुलाई पित ११ दिनुपर्दछ । आफ्नो कागजात बारेमा चासो नहुदा र सबै काम कम्पनीले गरिहाल्छ भनेर त्यत्तिकै बस्दा एकैपटक इमिग्रेसन कागजात अप्लाइ गर्दा पित ३७ न भएर झमेला भएको हुन्छ । अत पित ३७ अनलाइनबाट पनि भर्न सकिन्छ । तर सबैभन्दा सहज पित ३७ भरेर आफ्नो एरियाको नजिकको ट्याक्स अफिसमा गएर छाप लगाएर वा हुलाकबाट ट्याक्स अफिसमा पित ११ अनुसार भरेको पित ३७ पठाउन पनि सकिन्छ । मेरो सुझाव अनुसार अनलाइनबाट भर्न त्यति जानकारी न हुनेहरुले सम्बन्धित जाने बुझेको व्यक्ती वा एजेन्सी वा कम्पनीको सहारा लिएर पित ३७ कागजात भरेर आफ्नो एरिया नजिकको ट्याक्स अफिसमा गएर दुई प्रति बुझाउनुहोस र एक प्रति छाप हानेको पित ३७ राख्नुहोस ।त्यो पित ३७ हरेक वर्षको पि आर अप्लाइ गर्ने बेला इमिग्रेसनले माग्न सक्दछ । पित ११ हरेक कम्पनीले कामदारलाई दिनै पर्दछ यदि दिदैन भने के गर्ने ? तपाइले मानौ २०१७ को पित ११ वा पित ३७ चाहियो भने र कम्पनीले दिएको छैन भने नजिकको आफ्नो ट्याक्स अफिसमा जाने र आफ्नो कारण खुलाएर निवेदन लेख्ने त्यस्तो अवस्थामा ट्याक्स अफिसले तपाइको कागजात उसै दिन देखि ७ दिन भित्रमा दिन सक्छ । अत : यदि पोल्यान्ड बस्ने हो र पोल्यान्डमा पि आर अप्लाइ गर्ने हो भने हरेक बर्षको पित ३७ सुरक्षितसाथ राख्न म सल्लाह सुझाव दिन चाहन्छु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.