मित्र लाल पार्दे: जहाज टिकट हुन त अरु समयमा पनि बडो ध्यान पुर्याउनुपर्छ अझै यो कोरोना समयमा त अत्यधिक सबै जानकारी लिएर यात्रा गर्दा मात्र सहज हुनेछ अन्यथा समय पैसा सबै बर्बाद हुन सक्छ । हामिहरु यात्रामा हिड्दा अनलाइनबाट टिकट लिदा बडो ध्यान पुर्याउनुपर्छ अन्यथा तपाइको टिकट अनि पैसा सबै खेर जान सक्छ । ओहो टिकट बारे सबै जानेको छु भन्ने भ्रम त्याग्नुहोला किनकि हवाई टिकट किन्दा ध्यान दिनु पर्ने थुप्रै कुराहरु हुन्छन् यदि हवाइ टिकट लिदा लापरबाही गर्नु भो भने धेरै नोक्सान बेहोर्नुपर्ने हुन्छ अझै आजभोली कोरोना समयमा बडो सचेत भएर टिकट लिनु पर्ने हुन्छ । हवाई टिकटमा ठूलो रकम खर्च गर्नु पर्ने भएकोले यदि कमी कमजोरी रहेमा नोक्सान त छंदैछ, अप्रत्याशित दुःख पाइने सम्भावना पनि त्यत्तिकै हुन्छ । हवाइ टिकट लिदा हामी निम्न कुरामा ध्यान दिनैपर्दछ ।

- हाम्रा सोचाइ हाम्रा क्रियाकलापहरु हाम्रा हरेक गतिविधि हामीले योजना बनाए अनुसार हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । समय र परिस्थितिले आफूले बनाएको योजना फेल हुन सक्छ । त्यसैले हवाई टिकट किन्दा पाएसम्म जाने र फर्कने मिति वर–पर सार्न सकिने खालको किन्नु बुद्धिमानी हुन्छ । हामी २०,३० युरो वा केही सस्तो टिकट पाइयो भनेर मक्ख परेर कतिपय टिकटहरु वर–पर सार्न पनि नसकिने तथा पैसा पनि फिर्ता नहुने (Non Changeable & Non Refundable) खालका टिकट किन्छौ समस्या परेन भने त ठिकै छ समस्या भो भने ती टिकटहरुले धेरै नै दुख दिने गर्छन् हो अवश्य पनि यस्ता टिकटहरु सस्ता हुन सक्छन् तर यस्ता टिकटका कारण धेरैलाई मर्का परेका थुप्रै उदाहरणहरु छन् । यस्ता टिकट किन्दा यदि तपाई एकजना मात्र जांदै हुनुहुन्छ भने ‘लौ ठूलो आर्थिक जोखिम छैन’ भनेर आट गर्नु भो भने ठिकै छ । तर, तपाई परिवारसहित तथा अझ स–साना केटाकेटी सहित जांदै हुनुहुन्छ भने विशेष होसियारी गर्नु होला । यसको लागि आफ्नो एजेण्टसंग टिकटको नियम (Fare Rules) राम्रोसंग बुझ्नु होला । ‘भनेको दिनमा उडिन्छ र भनेकै दिनमा फर्किहालिन्छ’ त्यसैले सस्तो चाहियो, जस्तो भए पनि हुन्छ भन्ने सोचका कारण धेरैलाई अप्ठेरो परेको पनि छ । सबैको यात्रा त्यही दिन हुन्छ भन्ने हुन्न ।
- आजभोलि अनलाइनबाट पनि टिकट खरिद विक्री हुने गर्दछ तर अनलाइनबाट टिकट खरिद गर्दा त्यो अनलाइन ट्राभल एजेन्सीको बारेमा जानकारी लिनु अत्यन्त जरुरी हुन्छ । साथै होशियार पुर्याउनु आवश्यक छ अनलाइनबाट टिकट किन्दा होस पुरयाउन नसक्दा धेरै मानिसहरुले अनावश्यक दुःख पाएका घट्ना अनगिन्ती छन् । धेरै मानिसहरुले लाखौ डुबाएका छन् पोल्यान्डबाट नेपालको लागि अनलाइनबाट टिकट किन्दै हुनुहुन्छ भने सर्वप्रथम त्यो पोल्यान्डको कम्पनी हो कि होइन पत्ता लगाउनु जरुरी छ । युरोपियन युनियनको कम्पनी हो कि होइन पत्ता लगाउनु जरुरी छ । पोल्यान्ड वा युरोपियन युनियन बाहिर रहेका कम्पनीहरुले सुरक्षण प्रदान नगर्न सक्छन् । आफ्नो देश भन्दा बाहिरको कम्पनीबाट टिकट लिनु पर्दा यदि क्यान्सिल वा मिति सार्न उनीहरुलाई फोन गर्नु परेमा फोन चार्ज प्रतिमिनेट कति छ त्यो पनि जानी राख्नु होला । कति पय जहाज कम्पनी वा एजेन्सिमा फोनमा नै घन्टौ अल्मलिदा अनावश्यक धेरै युरो खर्च हुन सक्छ तर पोल्यान्ड कम्पनी भए खर्च नलाग्ने हुन्छ । टिकट क्यान्सिल गरेमा रिफण्ड हुने कि नहुने, कति चार्ज लाग्ने, मिति सार्न पाउने कि नपाउने, यदि सार्न पाउने भएमा चार्ज कति लाग्ने (टिकटको नियम) आदि कुरामा प्रस्ट भएर मात्र टिकट किन्नु बुद्धिमानी ठहर्छ । साथै कम्पनी कति पुरानो हो भन्ने कुरामा पनि विशेषरुपमा ख्याल गर्नु पर्ने हुन्छ । केही अनलाइन कम्पनीको बारेमा विभिन्न कम्युनिटी फोरममा लेखिएका रिभ्यु वा कमेन्ट हेर्नु पनि अत्यन्त जरुरी हुन्छ । यो रिभ्युले तपाईलाई सही निर्णय लिन सहयोग पुरयाउने छ । कहिलेकाही अनलाइनमा सम्भव नै हुन नसक्ने मूल्यमा टिकट विक्रीमा राखिएको छ भने झन् बढी होसियार हुनु होला । यस्तै सस्तो टिकट राखेर ग्रीसको अन्लाईन कम्पनी टृपिस्टाले करोडौ रकम उठाएर हजारौलाई ठगेर २ बर्ष अघि ब्यान्क्रप्सी भनेर बन्द भो । पिडित हजारौ यात्रुहरु भएका थिए । केही नक्कली विक्रेताहरुको तपाईंको कार्ड डिटेल्स प्राप्त गर्ने उद्देश्य पनि रहेको हुन सक्छ, त्यसैले यसतर्फ पनि ध्यान दिन जरुरी छ । प्रति टिकट पांच दश युरो १००,५० ज्लोटी जोगाउन खोज्दा ठूलै क्षति हुन सक्ने सवालमा पनि चनाखो रहनु जरुरी छ । मेरो सल्लाह अनुसार अधिकांश जहाज कम्पनीहरुले आफै अनलाइनबाट टिकट विक्री गर्ने पनि गर्दछन् । त्यसैले अनलाइनबाट नै किन्नु हुन्छ भने सिधै जहाजको वेबसाइटबाट किन्नु भयो भने तपाईको खरिद प्रकृया सुरक्षित रहने छ । सिधा जहाज वेबसाईटबाट लिनु भो भने जहाज कम्पनी जहाजहा छ त्यहा त्यहाबाट तपाइले आवश्यक सुबिधा लिन सक्नुहुनेछ अन्यथा अरु अनलाइन कम्पनीबाट टिकट लिनु भएमा समस्या परेको बेला जहाज कम्पनीहरुले सिधा त्यही अनलाइन कम्पनीमा कल गर्नुस र जानकारी लिनुस भनेर पन्छिनेछन ।
- जब हामिले जहाज टिकट काट्छौ तब हामिले यो बुझ्छौ कि इकोनोमी टिकट सबैको एउटै हुन्छ तर त्यो गलत हो इकोनोमी भित्र पनि विभिन्न प्रकारको टिकट हुन्छ । विभिन्न किसिमको इकोनोमी टिकटलाई जहाज कम्पनीहरुले विभिन्न किसिमले छुट्टट्यएर राखेको हुन्छ । टिकट कति अवधिसम्म भ्यालिड हुने, जान नसके पैसा फिर्ता हुने गरी क्यान्सिल गर्न पाउने नपाउने वा मिति सार्न पाउने नपाउने, क्यासिन्ल गर्दा वा मिति सार्दा जरिवाना कति तिर्नुपर्ने, जान त गइयो तर टिकटमा उल्लेख भएको दिनमा फर्कन सकिएन भने मिति बदल्न पाउने कि नपाउने, मिति बदल्न पाउने हो भने जरिवाना लाग्ने कि नलाग्ने वा कति पटकसम्म बिना जरिवान मिति सार्न पाउने वा कति जरिवाना लाग्ने, ब्यागेज कति किलो पाउने आदि सुविधाहरुको आधारमा ती क्याटगोरीको मूल्य कायम गरिएको हुन्छ । त्यसैले सबैको इकोनोमी टिकट एउटै हुदैन । तपाइको साथमा रहने उहीँ ठाउँ जाने यात्री र तपाइको मूल्य फरक हुन सक्छ । जहाजमा केही यस्ता टिकटहरु हुन्छन् जस अनुसार तोकिएको मितिमा जान सकिएन वा फर्कन सकिएन भने प्राय सबै रकम नै डुब्न जान्छ । यस्ता टिकटहरु सस्ता पनि हुन्छन् । त्यसैले टिकट किन्दा आफ्नो परिस्थिति अनुसार कति सुविधा भएको टिकट लिने भन्ने बारेमा होसियार हुनु जरुरी छ । जिवनमा कुनै पनि समस्या नपरेसम्म सानो हुन्छ तर परेपछि त्यसको चोट ठूलो हुन्छ त्यो चोटले जिन्दगीभर पिरोलिरहन्छ । पहिला नै होसियार हुनु भो । तपाईंले सुरुमा नै टिकट सस्तो मात्र हैन कि भरपर्दो पनि होस् भनेर सोच्नु जरुरी हुन्छ । अर्कोकुरा, कुनै पनि टिकटको मिति सार्दा भाडा तथा कर (Fare & Tax) पहिला तपाईंले किन्दा भन्दा बढी निस्कियो भने रकम थप गर्नु पर्ने हुन्छ । जहाजमा टिकट मिति सार्ने काम सित्तैमा भन्नुको अर्थ जरिवाना नलाग्ने भन्ने अर्थमा मात्र बुझ्नुहोला तर जहाज भाडा र करमा फरक परेको छ भने कुनै पनि जहाजले त्यो असुल नगरी टिकट सार्न दिंदैन । अत हामिले यो बुझ्नुपर्छ कि यदि टिकट किन्नेबेला ३५०० ज्लोटी नेपाल यात्रा जाने आउने भो भने र सित्तैमा डेट चेन्ज गर्ने भन्नुको अर्थ जहाजले जरिवाना नलिने भनेको हो । यदि डेट चेन्ज गर्ने समयमा टिकटको मूल्य ३५०० छ भने तपाइले तिर्नुपरेन तर ४२०० ज्लोटी पुगेको छ भने ७०० ज्लोटी थप्नु पर्ने हुन्छ । – टिकट किन्दा ट्रान्जिट समयलाई पनि ध्यान दिनु जरुरी छ ।कहिलेकाही सार्है छोटो ट्रान्जिटले पनि समस्या परेको हुन्छ । यदि धेरै ठाउंमा प्लेन फेर्नु पर्ने छ वा जटिल सेक्युरिटी जाँच छ भने पर्याप्त ट्रान्जिट समय हुनु राम्रो हुन्छ । लामो दुरीको यात्रामा ट्रान्जिट लिनुपर्दा २ घन्टा भन्दा कम ट्रान्जिटको टिकट नल्याउदा नै बुद्दीमनी हुन्छ र धेरै ट्रान्जिटको टिकट पनि लिनु ठिक हुदैन ।
केही एयरलाइन्सहरुले अर्को एयरलाइन्ससंग मिलेर फ्लाइट सञ्चालन गर्ने गरेका छन् । जस्तो केही एयरलाइन्सहरूले नेपाल जान यहांबाट दिल्ली वा दुबइ वा ढाका आदिजस्ता एयरपोर्टसम्म एउटा एयरलाइन्समा र त्यसपछि अर्को एयरलाइन्समा पठाउने गर्छन् । यस्तो अवस्थामा कुनै एक एयरलाइन्सको उडानमा ढिलो भयो र अर्को एयरलाइन्स छुट्यो भने यात्रुहरूलाई अलपत्र पारिएका उदाहरणहरु प्रशस्त छन् । जस्तो केही दिन अघि पोल्यान्ड बाट दिल्ली हुँदै नेपाल जाने यात्रीहरुले त्यो कठिनाइ भोगेका थिए र उनिहरु दिल्ली हुँदै नेपाल जान बाध्य भएका थिए । त्यसैले यस्तो कम्बाइन्ड एयरलाइन्समा टिकट किन्नु अघि धेरै पटक सोच्नु जरुरी छ । अहिलेको कोरोना समयमा त नेपाली नागरिकलाई इन्डिया बाटो भएर उड्न नदिएको र फेरि नेपालको सिधै टिकट लिएर जानू परेको थियो । जहाज टिकट लिदा एयरलाइन्स फरक भए पनि फ्लाइट नम्बर अगाडिको एयरलाइन्स कोड प्रमुख विक्रेता एयरलाइन्सको नै छ भने यसमा डराउनु पर्ने अवस्था रहेको हुंदैन । सस्तो टिकट लिन्छु भनेर फरक फरक जहाजबाट टिकट लिदा समस्या पर्न सक्छ ।
भनिन्छ सुनको भाउ डलर युरो हरेक समय परिवर्तन भैरहन्छ त्यसैगरी जहाजको टिकट पनि सेकेन्ड सेकेन्डमा परिवर्तन भैरहन्छ । पोल्यान्डमा स्कुल र युनिभरसिटी बिदा हुने समय, क्रिसमस र नयां वर्ष आदिमा टिकटको मूल्य जहाज कम्पनीहरुले निकै बढी राखेका हुन्छन् तर यस्तो हाई सिजनका टिकटहरु धेरै अगाडि किन्दा सस्तो पर्ने सभावना रहन्छ । नेपाल जाने टिकट पनि दशैं र तिहारको लागि अगाडि नै किन्दा सस्तो पर्ने सम्भावना बढी रहन्छ । तर कहिलेकाही अन्तिम अवस्थामा पनि सस्तो परेको हुन्छ । जे होस हामिले पहिले नै सोचबिचार गरेर टिकट लिनु उपयुक्त हुन्छ । हवाई टिकट खरिदलाई माध्यम बनाएर केही गलत व्यक्तिहरुले यात्रीहरुलाई दुख दिएका थुपै घट्ना छन् । त्यसैले सस्तो पाएं भन्दैमा नफंस्नु होला । सम्बन्धित विक्रेताको बारेमा राम्रो जानकारी लिएर मात्र टिकट सम्बन्धी कारोबार गर्नु बुध्दिमानी हुनेछ । टिकट लिई सकेपछि पनि उडान पुरा नभएसम्म विभिन्न खाले सेवाहरु आवश्यक परिरहन्छन् । त्यसैले अनलाइन होस् वा अरु खाले ट्राभल एजेन्टहरु हुन् उनीहरुको ग्राहक सेवा कस्तो छ, त्यसलाई विशेषरुपमा ध्यान दिन अन्त्यन्त जरुरी छ ।टिकट लिएर मात्र हुदैन अहिलेको कोरोना समयमा नेपालको परराष्ट्र मन्त्रालयको वेबसाईटमा राखेको फारम भर्नु पर्ने हुन्छ अन्यथा जहाज कम्पनीहरुले तपाइलाई यात्रा गर्नबाट वन्चित गर्न सक्छन् । दर्जनौ व्यक्तिहरुले अनलाइनबाट टिकट काटेर नेपालको परराष्ट्र मन्त्रालयको फारम न भर्दा एअरपोर्टबाट फिर्ता भएका धेरै उदाहरणहरु छन् । टिकट लिसकेपछी आफ्नो ब्याग बारे बडो सचेत हुनु जरुरी छ । आफुले थाहा न पाएको कुरा साथिले भन्यो भनेर बुझ्दै नबुझी न बोक्दा हुन्छ । कतिपय देशहरुमा नेपालमा सामान्य हुने काम त्यो इल्लिगल हुन सक्छ र एउटा निर्दोष व्यक्ती पनि यात्रामा जेल भित्रै जानू पर्ने पनि हुन सक्छ त्यसैले सामान बोकेर ल्याउदा बडो सोचबिचार गरेर लिनुपर्छ । नेपालको सब्दर्भमा बिदेशबाट हवाइ मार्ग भएर जाने यात्रुले अनिवार्य पिसिआर टेस्ट गरेको रिपोर्ट ल्याबमा गएको समयदेखि नेपाल पुग्दा सम्म ७२ घन्टा न नाघेको पि सि आर रिपोर्ट अनिवार्य हुनुपर्दछ र नेपाल परराष्ट्र मन्त्रालयको वेबसाईट फारममा बार कोड सहित निस्किएको फारम अनिवार्य बोकेर जानुपर्दछ । स्मरण रहोस उक्त फारम पृन्ट गर्ने ठाउँ कम्प्युटरबाट गर्दा सहज हुनेछ । तपाइले भरेको फारम इमेलमा नआउने हुदा यदि बारकोड निस्किएन भने झमेला हुन सक्छ त्यसैले सबै कुरा बुझेर यो कोरोना समयमा जहाज टिकट लिनु बुद्दिमानी हुनेछ । http://www.meroreservation.com