मित्र लाल पार्दे : पोल्यान्डमा बर्षभरी कमाइको ट्याक्स काउन्ट गर्ने बेला भो । धेरै जसोले आफ्ना बच्चा बच्चिको पित ३७ बनाउने बेला पित जिरो भर्नु भएको हुदैन । यदि बच्चा भएर पित जिरो बनाउनु भएन भने तपाइले पोल्यान्ड सरकारबाट पाउने बच्चाको ट्याक्स फिर्ता पाउन सक्नु हुन्न । यसको लागि तपाइले तपाईं आफै वा तपाइको कम्पनी वा एजेन्सी अकाउन्टेन्ट को सहाराबाट पित 0 भर्न सक्नु हुनेछ । यदि तपाइको तीनवटा बच्चा छन् भने तपाइको कमाइको आधारमा ३३०० देखि ४५०० ज्लोटी ट्याक्स फिर्ता पाउन सक्नु हुनेछ ।
