अब नचादा नचाहादै पनि चुनाब नै चाहिने भयो।अब बलिदान होईन ,मतदान गरौं।

बिदुर शर्मा : अब नचादा नचाहादै पनि चुनाब नै चाहिने भयो।अब बलिदान होईन ,मतदान गरौं।
देश खानेहरु लाई आफ्नो मत बाटै साफ पारौं।
ओलि,देउवा ,दाहाल ,नेपाल,खनाल नै चाहिने होर देश लाई?अब त अति भएन र?निर्मला पन्थ र भागिरथी भट्ट लाई बलात्कार गरि हत्या गर्ने हत्यारा लाई समाउन सकिएला र सडक मा नाराजुलुस गर्दैमा?अबस्य सकिँदैन,जब सम्म देशलाइ नै बलात्कार गर्ने बलत्कारी हरु सत्तामा नै घुमिरहन्छ्न।
ए युवापुस्ता का नेता भनौंदा हो!कत्ती यिनै बुढा तिल्के गोरुको पुच्छर समाएर बैतर्णी तर्न खोज्छौ!अझै पनि आट आउदैन र?आफ्नो बाटो हिड्न लाई आफैं हिड्नु पर्ने होइन र?किन आट गर्दैनौं ?
आज देशले युवा लाई खोज्दै छ,जो नेपाल लाई माया गर्ने।तर युवा कहाँ छ भनी खोज्नु पर्ने अबस्था छ।तिनै बुढाको सिको गरेर संस्कार र संस्कृति लाई बिर्सेर तथानाम बोल्नेहरु र काम गर्ने हरु युवा होइनन् ।उमेर ले युवा होलान् तर सोच र चरित्रले बुढा पुस्ता नै हुन। यिनिहरु को पनि तेति विश्वास त लाग्दैन ।तर खोज्ने भनेकै यहि नेपाली समाज बाट नै हो।यदि ओलि,प्रचण्ड ,माधब,झलनाथ ,बामदेब रहित को नेकपा,देउवा ,पौडेल रहितको काङ्ग्रेस ,जसपा बाट निस्किएर बाबुराम भट्टराई विवेकशील साझा मा आएर र बाकी देश लाई माया गर्ने सामाजिक अभियान्ता हरुको आट आयो भने नेपाल थोरै उगो लाग्थ्यो कि?भन्ने मनमा यस्तै अनेक प्रश्न उठ्छन।
माइत को माया घरमा आएपछी र देशको माया परदेश मा आएपछी हुने रहिछ कि? आज साना छोराछोरी ले बाबा आमा नेपाल कहिले आउनु हुन्छ ?भनी प्रश्न गरिरहदा ,परदेश मै युवा अवस्था सकेर बुढ्यौली जीवन लिएर ,हामी आजका छोराछोरी को ठाउँमा बसेर ,फेरि भन्न पर्ने छ, बाबू! कहिले हाम्रो मुख हेर्न आउछौं?
हाम्रा बुवाआमाले आज हाम्रो बाटो हेरिरहदा ,भोलि हामी पनि हाम्रा सन्तानको बाटो हेरिरहन नपरोस् भन्ने इच्छा त कसलाई पो नहोला र?तर तेहि नियति दोहोरिने अबस्था देख्दा अहिले रिस मोरेर पिर र मनमा गहिरो चोट परिरहेको छ।
झिनो आसा,भैदियो निरासा!!
युवा अबस्था ,सकियो परबास मा!!
मलाइ जन्माइ ,के पायौं आमाले?!!
भनी प्रश्न ,गर्दैछ यो मनले!!🤔

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.