काङ्ग्रेस कम्युनिस्ट र म

मित्र लाल पार्दे पोल्यान्ड

हुन त म जिवनमा कुनै पार्टीको झन्डा कहिल्यै बोकेन यद्यपि एक पटक चुनावको हुलमुलमा २१ वर्षको लक्का जवान भएको बेला गाउघरमा नेपाली काङ्ग्रेस जिन्दावाद भन्ने नारा खुबै सुन्थे त्यो समय त्यति सिद्धान्त अध्ययन गरेको थिएन । बलदेव मज्गैया सान्सदमा उठेका थिए । मैले उनलाई भोट दिएको थिए । त्यही नै मेरो आज सम्मको राष्ट्रिय निर्वाचनको भोट थियो । बलदेव मजगैयालाई मैले यस अर्थमा दिएको थिए कि उनी एक साहित्यकार हुन् । उनका केही उपन्यास पढेको थिए । गाउँमा बिशेष त काङ्ग्रेस बिपि भन्दै माहोल अगाडि बढेको थियो । मैले भोट दिए भोटपछि म आफै अचम्म परे जितेको उन्मादमा केही काङ्ग्रेसहरुले कम्युनिस्टका बार हरु भत्काइदिए । बारिहरुमा मसुरो खतम बनाइदिए ।कोहि पन्चायती भनेर जिउदाका जन्ती मर्दा पर्दाका मलामिहरुलाई धारे हात लगाइरहे म अचम्म परे ।
बिदेशमा पनि म देखिरहेको छु आस्था प्रेम सद्भाव भन्दा कुर्सिको लागि पदको लागि काङ्ग्रेस जनहरु भिडिरहेका छन् ।एकले अर्को खुइल्याइरहेछन ।
अनि बोलिरहएछन हामी प्रजातन्त्रमा बिश्वास गर्छौ ।

जब काङ्ग्रेस सत्तामा आयो तब उसलाई साझा सस्थामा पनि रजाइ गर्नु पर्यो राजनितिक आडको नाममा कर्मचारी देखि विभिन्न साझा संस्थामा पार्टिको झन्डा बोकेको मान्छे छिर्नुपर्छ भन्ने अहम पन भो तर यो बुझेन साझा संस्थाहरुमा त्यही क्षेत्रको लागि मरिमेटेका स्वतन्त्र स्थान दिनुपर्छ भन्ने बुझेन ।मानोस न मानोस कर्मचारी शिक्षक साझा संस्थामा झन्डा धारी जत्था हुनुपर्छ भन्ने सोच नेपाली काङ्ग्रेसको खराब नीति थियो । त्यो नीति कम्युनिस्टले पनि अंगिकार गरिहाल्यो । त्यो दु:खद अवस्था हो । अहिले कर्मचारीमा काङ्ग्रेस कम्युनिस्ट ।बिद्द्यालय काङ्ग्रेस कम्युनिस्ट युनिभर्सिटी काङ्ग्रेस कम्युनिस्ट एन आर एन काङ्ग्रेस कम्युनिस्ट
रेयुकाइ रेड्क्रस काङ्ग्रेस कम्युनिस्ट उद्ध्योग बाणिज्य संघ काङ्ग्रेस कम्युनिस्ट चारैतिर काङ्ग्रेस कम्युनिस्ट अनि मैले राजनिती गर्दैन रे अचम्म छ बा ।
एन आर एन चुनाव नै काफी छ कसरी राजनितिक घोडाहरुले सर्वसाधारणलाई मुर्गा बनाए भनेर । राजनिती गर्ने थलो सन्सदीय चुनाव स्थानीय चुनाव हो तर हरेक संस्थामा झन्डाको कुराले धेरै होनाहार व्यक्तित्वहरु अवसरबाट वन्चित भएकै हुन् यो कुरालाई काङ्ग्रेस कम्युनिस्टले मनन गर्नैपर्दछ ।

काङ्ग्रेस आफैमा पाएको अवसरलाई सधै ईतिहास भजाएर वर्तमानमा केही गद्दार गरेकै थियो । आन्तरिक द्वन्द कुर्सिमोह जहा पनि राजनितिकरण गर्ने सोच । अनि झन्डा बोक्नेको मात्र सस्था त्यागी देश र जनता भन्नेको लागि हात लाग्यो शून्य । गणेशमान जस्तो लौहपुरुषलाई पाखा लगाउने काम काङ्ग्रेसबाट भएकै थियो ।
उता कम्युनिस्ट पनि के कम रिस उठ्यो भन्दैमा मान्छे काट्न शुरु ।मान्छे गाली गर्न शुरु । वर्गीय संघर्ष भन्दैमा मान्छे काटेर सपना बुन्नु पनि गलत थियो । अहिले केही परिवर्तन कम्युनिस्टमा भएकै छ। काङ्ग्रेस मा पनि केही परिवर्तन भएकै छ । जे भए पनि काङ्ग्रेसले अहिले सरकार बाहिर हुदा देश बन्द गर्ने काम गरेको छैन यो सकारात्मक कुरो हो तर कम्युनिस्टहरुले प्रतिपक्षी भएको भए धेरै पटक देश बन्द गर्दथे होला ।
यी त सकारात्मक कुरा भए
तर अब काङ्ग्रेसको नीति साझा संस्थामा झन्डा गाड्दैमा पार्टिको चुनावमा झन्डा गाड्न गार्हो छ भन्ने बुझ्नु पर्दछ । कम्युनिस्ट हरु पनि मान्छे काट्दैमा आफ्नो हुन्छन् भन्ने सोच्नु गलत छ कम्युनिस्ट आन्दोलनमा निस्ठाको राजनिती गरेका व्यक्तित्वहरुलाई पाखा लगाइनु हुन्न पनि ।
मैले भोट हालुला नहालुला तर मेरो लागि आदर्श नेता चित्र बहादुर केसि , प्रदीप गिरी हुन् । जीवन शैलिमा अत्यन्त सहज ढङ्गले स्वीकार्दै २५० बर्षको गद्दीलाई जनताको आदेश भनेर सहज तरिकाले आफ्नो कुर्सी छोड्ने व्यवस्था बदलिदा पनि बहुत लोभ लाग्दो तरिकाले देशमै बस्ने व्यक्तित्व ज्ञानेन्द्र पनि हुन् जब कि एउटा सामान्य कुर्सिको फरक भयो भन्दैमा देश नै छोडेर बिसौ बर्ष तुलसी गिरि श्रीलन्का बसेका थिए । अत म गणतन्त्रवादी भए भन्दैमा राजावादीलाई गाली गरिरहने अधिकार छैन । म राजावादी भए भन्दैमा गणतन्त्रलाई खुइरो खनिरहनु आवश्यक छैन । कुनैबेला टाइपराइटरको युग थियो होला तर आज भोलि कम्प्युटर मोबाइलको युग छ । ईतिहास प्रविधिको योगदानमा टाइप राइटरलाई गाली गरेर कम्प्युटरको योगदान देखाउन सकिदैन ।राज्य व्यवस्थामा पनि इतिहासका सकारात्मक कामहरु सबै खतम भनेर वर्तमान राज्यव्यवस्था पुर्ण देखाउन सकिँदैन यद्यपि समय क्रम अन्तर्गत सुध्रने हो । समय क्रम अन्तर्गत हामी एउटा संयन्त्रमा रहने हो ।

एकोहोरो राजतन्त्र गाली गरिरहनु पनि ठिक होइन एकले अर्कोलाई गाली गरेर भन्दा एकले अर्कोलाई सहज ढङ्गले स्वीकार्ने वातावरण गराएर अगाडि बढ्न सकिन्छ ।
ज्ञानेन्द्रले कम से कम देशलाई सिरिया त बन्न दिएनन् । जब कि सिरिया हेरौ त जहाँ रास्ट्रपति हटाउने बिद्रोहमा ५ लाख मान्छे मर्दा पनि उनी आफ्नो कुर्सी नछोडेर वार्ता सबै लत्याएर ड्याम ड्याम मान्छे मराइरहेका छन् । मान्छे मरिरहेका छन् ।
त्यसैले देश बन्ने हो भने दम्भ मै ठूलो मेरो गोरुको बार्है टक्का होइन
काङ्ग्रेस कम्युनिस्ट राजा मिलेर एउटा बिन्दुमा पुगेर आमूल परिवर्तन गर्न सकिन्छ ।कुर्सिको लागि जित्ने भन्दा देशले जित्नुपर्दछ । हजारौ लाखौ युवाहरु स्वदेशमा आउने वातावरण गराइयोस । देश बन्द हड्ताल सबै बन्द होस । एउटा पार्टिले अर्को पार्टिको बिरोध गर्ने नाउमा जनताले पाउने दुख बन्द होस् । कम्युनिस्टले मान्छे उतार्दैमा भयंकर परिवर्तन भन्ने नसम्झनु किन कि दुई तिहाइ बहुमत काङ्रेसको पनि त थियो आखिर एउटा बिचमै तुहिएकै हो । आज कम्युनिस्टको दुई तिहाई बहुनत हुदा पनि लडिरहे र आखिर दुई तिहाइ पनि आफ्नै आन्तरिक कारणले तुहियो कुनैबेला जहाँ गयो देशका भित्ता भित्तामा गल्ली गल्लीमा हाम्रो राजा हाम्रो देश भन्ने जमात पनि त कुनै बेला थियो । देशको कुर्सिमा आज एउटा होला फेरि भोलि अर्को होला पर्सि नाम नसुनिएको पार्टी आउला तर जो आए पनि देशले जितोस एजेन्डाले जितोस । हरेक युगमा कुर्सिमा बस्नेले बरु उपाय लागेन भने आफू हारेर भए पनि देशले जित्ने काम होस् । हामी सर्वसाधारणले भन्ने यहि त रहेछ । कामना गरौ देशमा स्थिरता हुनेछ । आशा गरौ देशमा सबै मिल्ने वातावरण हुनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.