आगोमा पाकिसकेको भात खेतमा छरेर के को धानको आश गर्नु ?

आगोमा पाकिसकेको भात खेतमा छरेर के को धानको आश गर्नु ?
मित्र लाल पार्दे पोल्यान्डबाट

गद्दार गद्दार गरे रे ! देश बिगारे रे ! देश बर्वाद बनाए रे ! देश खतम पारे रे !एकले अर्कोलाई गाली गर्छन् नेपाली नेताहरु , हिजो कुर्सी पाउँदा र्याल पनि चाटे थुक पनि चाटे चाट्न केही बाकी राखेनन् ।
छातीमा हात राखेर भन हे चटुवा कुर्सिको लागि मरि हत्ते गर्ने नेताहरु हो नेपाल कसले लुट्यो ? के साझ र बिहान एक छाक खानाको लागि गोबर सोहोर्ने हाम्री आमाहरुले देश लुटे त ? नेपालमा कसले गद्दार गर्‍यो ? के एक छाक खानको लागि श्रम गर्ने श्रम जिविले देश बिगारे त ? के साउदी अरबमा १२ बर्ष देखी भेडा चराउने बिर बहादुर दाइले देश बिगारे त ?के देश दशौ पटक भोट दिदा दिदा देशको अनुहारमा शान्ति र खुशी देख्न नसक्नु भएका हाम्रा बुवाहरुले देश बिगार्नु भो त ?
तिमिले जे भन्यौ त्यही हिड्ने हामी दास होइनौ कहिले चुनाव भन्छौ कहिले युद्द भन्छौ कहिले टायर बाल्छौ कहिले आगो लगाउछौ कहिले के गर्छौ तिमिले जे भन्यो त्यही हामिले मानिदिनु पर्ने ?
कति जनतालाई दास बनायौ ।
कति जनतालाई गुमराह बनायौ ।
बहुमत दिदा पनि पाच बर्ष चलाउन नसक्ने हुतिहारा नेताहरु हो तिमिले कसरी देश बनाउछौ ?
दुई तिहाइ मत दिदा पनि देशमा पाच बर्ष स्थायी हुन नसक्ने हुतिहारा नामर्दहरु हो तिमिहरुले कति जनतालाई गधा बनाउछौ ?
तिमी गधा बने पनि जनतालाई गधा बनाउने अधिकार छैन ।
कुरो मिल्दा र कुर्सी पाउँदा अनि स्वार्थ मिल्दा त चुप अलिकति बेमेल हुदा बित्तिकै एक आपसमा राडाको जनता लडाउने भिडाउने ।
कहिल्यै शान्ती र प्रगतिको बोली होइन बोल्ने उहीँ द्दन्द झगडा
गाउघर बिचमा बिरे र हरिलाल बिचको झगडाको वातावरण बनाउने हुतिहाराहरु हो ।
तिमी लडे पनि लड तर हरिलाल र दुर्गालाल बिच लडाउने काम नगर ।
हरिलालको मृत्युमा मलामी जाने आखिर दुर्गालाल नै हो ।
दुर्गालाल बिरामी हुदा सिटामल किन्न साइकल कुदाउने आखिर हरिलाल नै हो ।
गाउघरमा लडाउने भिडाउने न गर है केन्द्रमा बसेर ।
तिमिले कुर्सी पाइसकेपछी आखिर कहिले पो हरिलालहरुको आँसु पुछ्यौ र ?
आज देश बिगृयो भनेर फेरि गल्ली गल्लीमा आगो र टायर बाल्न शुरु गर्यौ ।

के गल्ली गल्लिमा माग्नेले देश बिगारे ?के बिदेशका भुमिमा तातो कराइ चलाऊने कूकले देश बिगारे ? के साझा र बिहान एक छाक टार्न धौ धौ हुने किसानरुले देश बिगारे ? देश त तिमिहरुले बिगार्यौ जसले आफुलाई भलादमी र बुद्दिमान सम्झ्यौ । देश त तिनिहरुले बिगारे जसले नेपाली जनतालाई सधैं बन्दुकको राजनीति गर्न सिकाए , भ्रमको खेती गरे । देश त तिनिहरुले बिगारे जसले आफ्नो पदको दुरुपयोग गरी नाना र भाती सन्धी गरे । देश त तिनिहरुले बिगारे जसले ताक परे तिवारी नत्र गोतामे भए ।

खै कुन्नी किन हो म गल्ती हुला वा सत्य होला तर सधैं देश बनाउछु भन्दै रत्नपार्कमा कुर्लने नेपाली नेताहरुप्रति मेरो भएको श्रद्दा पनि गुमेको छ । चुनावको नौटंकी नाटक रचेर फेरी पनि देशलाई लीलामी गर्नु आवश्यक छैन र थिएन पनि । किन कि आगोमा पाकेको चामल खेतमा छरेर के धानको आशा गर्नु ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.