के हो पिसिआर ?
पिसिआर (पोलीमराइज चेन रियाक्सन) अर्थात कुनै जीवाणुको आणुवंशिक जिन पत्ता लगाउने आधुनिक प्रविधि हो । यसको प्रयोग कोरोना भाइरसको संक्रमण शरीरमा छ कि छैन भन्ने थाहा पाउन प्रयोग हुँदै आइरहेको छ । स्वाव (नाक वा घाँटीबाट निकालिने तरल पदार्थ) नमूना निकालेर प्रोटिन परीक्षण गरिने तरिका पिसिआरमा प्रयोग हुन्छ ।

पीसीआर विधिले दु्रतरूपमा लाखौंदेखि अरबौं प्रति विशिष्ट डीएनए नमूनाको प्रतिलिपि बनाउँछ । जसबाट डिएनएको सानोभन्दा सानो नमूना लिन र यसलाई विस्तृत रूपमा अध्ययन गर्न वैज्ञानिकहरूलाई पर्याप्त सहयोग पुग्छ । पिसिआरको आविष्कार सन् १९८३ मा अमेरिकी जीवशास्त्री केरी मुलिसले सेटस कर्पोरेशनमा गरेका थिए । पुरानो डिएनए नमूनाहरूको विश्लेषण र संक्रामक एजेन्टहरूको पहिचानसहित आनुवंशिक परीक्षणको लागि यो आधारभूत विधि हो । पिसिआर अहिले सामान्य र अक्सर अपरिहार्य प्रविधि बनेको छ, जुन मेडिकल तथा क्लिनिकल प्रयोगशालामा जैविक चिकित्सा र आपराधिक फोरेन्सिकको विविध अनुसन्धानमा प्रयोग गरिन्छ ।
सरलरूपमा बुझ्दा पिसिआरले शरीरमा भएको भाइरस पत्ता लगाउँछ । त्यसैले कोरोना भाइरस परीक्षणका लागि यसलाई विश्वसनीय मानिएको हो । विज्ञकाअनुसार पिसिआर परीक्षण संक्रमण भएको हप्तादेखि १० दिनभित्रमा गर्नु सबैभन्दा उपयुक्त मानिन्छ । १० दिनपछि हुँदा पिसिआर परीक्षण विधिबाट पनि वास्तविक परिणाम नआउन सक्छ ।
पिसिआरले कोरोनामात्र नभई कुनै पनि जिवाणु पत्ता लगाउन मद्दत गर्छ । यसको मुख्य काम भनेको लक्षित जिवाणुको जिन पत्ता लगाउने हो । यस विधिबाट ७० प्रतिशतभन्दा माथि सही परिणाम आएको पाइन्छ ।


PCR Test: – RT-PCR test positive भएमा virus ले शरीरमा replication भई virus load बढेको बुझिन्छ – PCR positive Active case भएकोले रोग सर्ने सम्भावना बढी हुन्छ । त्यही भएर RDT positive case को PCR test गरेपछी positive आयो भन्ने active case बुझनुपर्दछ । RDT मात्र positive आउनु भनेको शरीरले corona virus विरुद्ध antibody बनाएको बुझनुपर्द्छ र case को contact tracing गर्नुपर्दछ
एजेन्सिको सहयोगमा