मित्रलाल पार्दे केही दिन अघि नेपाल जान लागेका झन्डै ७ जना व्यक्तिहरू पोल्यान्ड एअरपोर्टबाट फिर्ता भएका थिए । कारण थियो पि सि आर टेस्ट नभएको रिपोर्ट हुनाले र नेपाल इमिग्रेसनको फारम नभरेको हुनाले । उनिहरुले ६५ ज्लोटी खर्च गरेर रगत टेस्ट गरेका रहेछन् । त्यो रगत टेस्टलाई अन्तर्राष्ट्रिय एअरपोर्टमा मान्यता दिएन पि सि आर टेस्ट नै गर्नुपर्ने पि सिआर टेस्ट गरेको 72 घन्टा भित्रको हुनुपर्नेछ । पिसिआर टेस्ट पोल्यान्डमा ठाउँ शहर हेरिहेरी 300 ज्लोटी देखि 800 ज्लोटी सम्म प्राइभेट अस्पतालहरुमा गरेका छन् । भने सरकारी अस्पतालमा इन्स्योरेन्स भएकाहरुको हकमा निशुल्क भए ता पनि तर सरकारी अस्पतालमा झन्झटिलो समय कुर्नु पर्ने र आफ्नो जहाज टिकट अनुसार पि सि आर डेट टेस्ट नपाइने हुदा धेरैले प्राइभेट मेडिकल अस्पतालमा पि सि आर टेस्ट गरेर जहाज यात्रा गरेका छन् । कुनै कम्पनीहरुले निशुल्क पि सि आर टेस्ट पनि आफ्ना कामदारहरुलाई गराइदिएका छन् । पि सि आर टेस्ट गर्नु भन्दा अघि अनलाइनमा हावा एजेन्सी साइटहरुको बिश्वास नगर्नुहोस् । सस्तो देखाएर समस्या पर्दा ती एजेन्सी साइटहरु कुनै मतलब गर्दैनन् । सिधै एअरलाइन्स वेबसाईट प्रयोग गर्नुहोस् । समस्या पर्दा ती एअरलाइन्सहरुले सजिलै सित जानकारी दिन सक्छन् । सबै एअरलाइन्सको रुल एउटै हुदैन त्यो पनि ध्यान दिनुहोस् । कति एअरलाइन्स ननरिफन्डेबल इकोनोमिक हुन्छन् त्यता पनि ख्याल गर्नुहोस । युरोपका केही जहाजहरु बिज रिअन एअरलाइन्स जस्ता सस्तो मूल्य देखाउने जहाजहरुले एअरपोर्ट सर्भिस चार्ज बोर्डिङ पास टिकटको मूल्य भन्दा धेरै पर्न जान्छ आफै अनलाइनबाट बोर्डिङ पास लिएमा सर्भिस चार्ज तिर्नु पर्दैन एअरपोर्टहरुमा । ब्याग के कति त्यो ख्याल गर्नुहोस् अन्यथा थोरै केही बढी भयो भने धेरै नै ब्यागको जहाजले लिन सक्छ । स्मरण रहोस् अस्ति भर्खरै दुई जना इन्डियन नागरिकहरूले टिकटको मूल्य भन्दा ब्यागको मूल्य अति धेरै एअरपोर्टमा भनेकोले एक्स्ट्रा ब्याग नै छोडेर महत्त्वपूर्ण कागजात र सानो ब्याग सहित आफ्नो गन्तब्य स्थान पुगेका थिए । उनिहरु ट्रान्जिटको दौडानमा फरक जहाजको टिकट लिदा त्यो समस्या भोगेका थिए । याद गर्नुहोस् अनलाइनमा टिकट किन्दा सबैको एउटै नियम हुदैन । नियमहरु मज्जाले पढेर टिकट लिन सक्नुहुनेछ । स्मरण रहोस् एजेन्सी साइट आफुले प्रयोग गर्ने भर पर्दो साइट छ भने प्रयोग गर्नुहोस् अन्यथा एअरलाइन्सले सम्बन्धित वेबसाईट एजेन्सीलाई सम्पर्क गर भनेर आफ्नो जिम्मेवारीबाट पन्छिएको हुन्छ र एजेन्सी साइटहरुले महिनौ सम्म जवाफ नदिने फोन घन्टौ गर्दा नहुने समस्या छ त्यसो त केही जहाज कम्पनीहरुको पनि त्यत्तिकै समस्या रहेको छ ।
