एस डी अर्पण
२७ अक्टोबर, वार्सावा।पोल्याण्ड सरकारले गर्भपतन सम्बन्धि लागु गरिएको नयाँ कानुन प्रति असन्तुष्ट हुँदै हिजो लगातार पाँचौं दिनसम्म हजारौं व्यक्तिहरूले देशै भरि आन्दोलन गर्दै सडकहरू अबरुद्द गरेका छन् ।देशको राजधानी वार्सा लगायत विभिन्न शहरहरु रोस्लोव, पोजनान, गदान्स्क, ऊँच मा स्वस्फुर्त निस्किएका प्रदर्शनकारीहरूले मुख्य चौबाटोहरू रोकेका थिए। जसका सार्वजनिक एवं निजी सबै सवारी साधनहरु घण्टौ सम्म अवरुद्ध भएका थिए। गत २२ तारिखमा पोल्याण्ड सरकारले पहिले कानुनी मान्यता दिइएको विकृत भ्रुणगर्भपतनलाई असंवैधानिक भन्दै खारेज गरेको छ। जुन खारेजीले आधिकारिकता पाएका अन्य साना गर्भपतन पनि पोलिश नारीहरुले गर्न नपाउने भएको छन् । जसको बिरोध स्वरुप दिनहुँ प्रदर्शनहरु भईरहेका छन्। पोल्याण्डमा प्रत्येक वर्ष करिब एक हजार गर्भ पतन हुने गरेको जनाईए पनि महिला अघिकारकर्मीहरुले सो संख्या असी हजार देखि एक लाख बीस हजार गर्भपतनका घटनाहरु गैह्र कानुनी एवं अन्य मुलुकमा गएर गर्ने गरेको दावी गर्छन्। २०१४ मा गरिएको एक सर्वेका अनुसार ६५ प्रतिशत गर्भपतनको बिपक्षमा थिए भने २७ प्रतिशत गर्भपतन गराउन पाउनु पर्ने पक्षमा थिए भने बाँकि ८ प्रतिशतले थाहा नभएको जवाफ दिएका थिए।

विकृत भ्रुणगर्भपतन असंवैधानिक घोषणा भए पछि पोलिश महिलाहरुले अब दुई अवश्थाहरु बलत्कारबाट बसेको गर्भ र आमाको स्वास्थ्य खतरामा हुँदा मात्रै गर्भपतन गर्न सक्नेछन्। पोल्याण्ड रोमन क्याथोलिकहरुको बाहुल्य छ, रोमन क्याथोलिक चर्चको ठूलो प्रभाव भएको देशमा यस्ता विरोध प्रदर्शनलाई असामान्य एवं अस्वाभाविक मानिन्छ। प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले महिला अधिकार खोसिएको भन्दै सरकारको चर्को आलोचना गर्दै प्रदर्शनहरु गर्ने गरेका छन्। प्रदर्शनकारीहरुले पोल्याण्डमा महिलाहरुको सम्मान नभएको, एवं सरकारले आफ्नो आवाज नसुनेको भन्दै आवाज उठाउने गरेका छन्। केहीले “म मेरो सरकार त्याग्न सक्दछु” भन्ने नाराका साथ प्लेटकार्ड समेत बोकेका थिए। प्रदर्शकारीहरु उप प्रधान तथा कानुन एवं न्याय मन्त्रि अरोस्लोव कज़िन्सकीको घरसम्म पुगेर प्रदर्शन एवं नारावाजीहरु गर्ने गरेका छन्।

त्यसो त यसै वर्ष दोश्रो कर्यकालको लागि राष्ट्रपति चुनिएका आन्द्रुए दुदाप्रति अधिकांश युवा पुस्ता असन्तुष्ट थिए यद्यपी उनले दोश्रो चरणको चुनावमा आफ्नो प्रतिश्पर्धिसंग झिनो मत अन्तरले विजयी भएका थिए। कोरोनाभाईरसका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि गत १७ तारिखबाट वार्सालाई रेड जोनमा राख्दै १० जना भन्दा धेरै मानिसहरु एकै ठाउँमा जम्मा नहुनु भनिएको भएपनि आन्दोलनकारीहरुले त्यसको पुरै अवज्ञा गर्दै आन्दोलन गरिरहेका छन्। बिरामीहरुको संख्या बढ्दै गएपछि हिजो देखि नै पोल्याण्ड देशै भरी रेडजोनको घोषणा गरिएको छ। पोल्याण्डमा केहि महिना अघि समलिंगी विवाह एवं क्रियाकलापहरुमा रोक लगाएपछि समलिंगी एवं अधिकारकर्मी पनि आन्दोलित छन्।