यूरोप संयोजक एस के श्रेष्ठको सक्रीयतामा स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन।

साझा पार्टी ले देश भित्र र देश बाहिर सबैतिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्र रुपमा अघि बढाइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा पनि अन्तरास्ट्रिय रुपमै सबैभन्दा ठूलो ७२ सदस्यिय साझा सद्भाव समूह र १७ जना रहेको राष्ट्रिय समिती दिप राज थापाको संयोजकत्वमा गठन भएको छ।

अन्तराष्ट्रिय रुपमा साझा पार्टीले यो भन्दा अगाढी नै १८ देशमा साझा सद्भाव समूह निर्माण गरिसकेको छ भने स्वीडेनले करिब १ महिना सम्मको निरन्तर छलफल र सम्पर्क जुटाई १९ औं सद्भाव समुहको राष्ट्र बन्न सफल भएको हो। साझा सद्भाव समूह निर्माणमा जुटेका यूरोप महादेशीय संयोजक एस .के. श्रेष्ठ ज्यू को प्रयासमा याे कार्य १ महिना अघि स्वीडेनमा सुरु भएको थियो। एस. के. श्रेष्ठको यो प्रारम्भिक अभ्यासलाइ साथ दिन झन्डै १ दर्जन साझा पार्टीमा सद्भाव राख्ने स्वीडेनबासी नेपाली हरुले सहयोग गरेका थिए। शुरु शुरुमा ब्यक्तिगत छलफलमा सिमित रहेको भएता पनि पछि सद्भाव ग्रुपमा ग्रुप भित्र छल्फल गरि , कार्यसमितिमा रहन चाहाने सबै ब्यक्ती हरुलाई पोल भोटिङ को आधारमा र भर्चुअल मिटिङ द्वारा कार्यसमितिको चयन गरियको हो। कमिटी भित्र रहेर कामगर्न चाहानेहरुको लागि एस. के. श्रेष्ठले डेमोक्र्याटिक तरिकाले कार्यसमितिमा आऊन् साझा सद्भाव समूह स्वीडेनको फेसबुक ग्रुपमा आग्रह गरेका थिए ।

रुचि देखाउने र अग्रपंक्तिमा रहेर कार्य गर्ने सबैलाई राष्ट्रिय कमिटी भित्र समेटिएको राष्ट्रिय कमिटी संयोजक थापाले बताए। देश परिवर्तनको मुलधारमा उभिन तयार भएका स्वीडेनबासी साझा सद्भाव समुहका ब्यक्तिहरु बाट आफुलाइ सम्योजक बन्न अनुरोध र प्रेरणा दिने सबैलाइ थापा ले धन्यवाद र कृतज्ञता ब्यक्त गर्दै आफू देश परिवर्तनको यो कदम कहिल्यै नरोक्ने सन्कल्प गरेका छ्न।

स्वीडेनको नव निर्वाचित राष्ट्रिय कमिटीको सह-संयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिमाल, सचिवमा दिपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र केन्द्रीय सदस्यहरुमा ,सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का ,माधव तिमिल्सिना, परमानंद शर्मा ,लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन्।
कार्यक्रम को घोषणा १८ अक्टोबर का दिन जुम बाट भर्चुयल मिटिङ गरि सम्पन्न गरिएको थियो। नवनिर्वाचित सद्भाव समूह स्वीडेनका सचिब दिपक पौडेल सहजकर्ता रहनुभएको यो कार्यक्रम लगभग १ घण्टा ३० मिनेटमा समापन गरिएको थियो भने लगभग ४० जनाको हारहारिमा साझा पार्टी सङ्ग सद्भाव राख्ने विभिन्न देशका सद्भाव समुहका ब्यक्तित्वहरु को सहभागीता रहेको थियो। कार्यक्रममा स्वीडेन सद्भाव समुहका र नवनिर्वाचित राष्ट्रिय समितिका सदस्यहरुले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा युरोप महादेशीय सद्भाव समूह प्रवक्ता प्रभात किरण र संयोजक एस. के. श्रेष्ठले पार्टीका गतिबिधी र युरोप महादेशीय सद्भाव समुहको बारेमा चर्चा गर्नु भएको थियो भने सद्भाव समुहका अन्तरास्ट्रिय संयोजक राजेन्द्र पङ्गगेनी ज्यु ले आफ्नो मन्तब्य राख्दै अन्तरास्ट्रिय सद्भाव समुहको कार्यधिकार र आवस्यकताको बारेमा प्रस्ट्याउनु भएको थियो। साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले साझा पार्टीको सिद्धान्त, अहिले भैरहेको संगठनात्मक गतिबिधी तथा सद्भाव समूह बाट पार्टीले राखेको सहयोग र योगदानको बारेमा चर्चा गर्नु भएको थियो। पार्टी संयोजक मिश्रको मन्तब्य सङ्गै कार्यक्रम समापन भएको घोषणा गरिएको थियो।

साझा सद्भाव स्वीडेन समूहको राष्ट्रिय समिती र सद्स्यहरुको आधारमा अन्तरास्ट्रिय रुपमै सबैभन्दा ठूलो राष्ट्रिय समिति बनेकोमा खुसी व्यक्त गर्दै अन्य युरोपका देशहरुमा पनि गठन प्रक्रिया तीब्र गतिमा बढेको युरोप महादेशीय संयोजक एस.के. श्रेष्ठले पोल्यान्ड नेपाल लाई जानकारी दिएका छन्।

प्रकृति अधिकारी
नवनिर्वाचित संचार संयोजक,
साझा सद्भाव राष्ट्रिय समिती
स्वीडेन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.