आज मिति २०७७ कार्तिक ३ गते सोमबार तदअनुसार अक्टोबर १८,२०२० का दिन केन्द्रिय पर्यबेक्षक को रुपमा केन्द्रिय उपाध्यक्ष सुनिल सङ्गम ज्यु को प्रमुख उपस्थिति तथा पोल्यान्ड का अग्रज कवि तथा सर्जक मित्रलाल पार्देको प्रत्यक्ष निगरानिमा पोल्यान्ड मा रहेर साहित्य सिर्जना गर्ने श्रस्टाहरुको एक भेलाले आज अनलाइन मार्फत अन्तरास्ट्रिय साहित्य समाज पोल्यान्ड स्थापना गरिएको छ। नेपाली भासा साहित्यको शृबृद्दी,उत्थान र पहिचान को लागि निरन्तर अग्रसर रहेको अनेसास को पोल्यान्ड पहिलो पटक आजका मितिदेखी लागुहुने गरि अनेसास गठन गरेको छ। । जसमा पुर्ण सहमतीमा निम्नानुसार कार्यसमिति तयार भएको छ।
संरक्षक:-मित्रलाल पार्दे
सल्लाहकार :-होमनाथ सापकोटा, बिकास दोङ्ग
१)अध्यक्ष :- सुसन परियार बिसर्जन
२)उपाध्यक्ष :- भिम परियार
३)महासचिव :-प्रतिमा थापा
४)सचिब :-बिराश सुन्दाश
५)कोसाअध्यक्ष :-संगिता लामा घलान
सदस्यहरू :-
६)जम्याङ्ग थिङ्ग
७)डम्बर गुरुङ्ग
पोल्यान्ड रहेर स्थापित यस अनेसास ले आगामी दिनमा नेपाली भासा साहित्यको सृबृद्दी गर्ने, नया सर्जक र साहित्यकार को खोजी गर्ने, नेपाली साहित्य लाई बिस्वब्यापी बनाउन साहित्तिक गतिबिधी गर्ने, नब सर्जकलाई प्रशिक्षण गर्ने, साहित्तिक गतिविधि संचानल गर्ने, अनेसास केन्द्र सङ्ग समन्वय गरि बिश्वब्यापी साहित्तिक गतिविधि,प्रशिक्षण, गोस्ठी र प्रतियोगिता राख्ने, पोल्यान्ड मा नब सर्जकहरुलाई साधारण सदस्यता दिने र आगामी दिनमा पोल्यान्ड मा स्थापित यो सस्थाको गरिमा र उद्देश्य लाई स्थापित गर्न सम्पुर्ण कार्यसमिति कटिबद्द भयर लागि पर्ने निर्णय गर्दै पोल्यान्ड मा पहिलो पटक आज ऐतिहासिक रुपमा अनेसास पोल्यान्ड गठन भएको छ।उक्त समितिमा मा रहेर काम गर्न चाहाने इच्छुक लाई अनेसास पोल्यान्डको फेसबुक पेजमा सम्पर्क गर्न सकिने र अबको एक हप्तामा पेज संचालनमा आउने समेत जानकारी आएको छ।

नेपाली भासा साहित्यको सृबृद्दी का निम्ति कटिबद्ध भयर अबिछिन्न रुपमा लाग्ने उर्जा मिलोस स्थापित नब सस्था लाई, सस्थाको साख गरिमा बचाईरहन सम्पुर्ण सस्थापक हरु लागि पर्ने छन । पोल्यान्ड नेपाल को तर्फ देखि नब गठित सम्पुर्ण कार्यसमिति लाई बधाई तथा शुभकामना ।
जय साहित्य