सुसन परियार बिसर्जन, वार्स, पोल्यान्ड
युरोप महादेसिय संयोजक एस के श्रेष्ठ को सहकार्य मा लगातार एक महिना भन्दाबढि को आन्तरिक छलफल पश्चात स्पेनमा साझा सद्भभाव राष्ट्रीय कमिटि गठन भयको छ। यसभन्दा अगाडी आयरलैंड र पोर्चुगलमा राष्ट्रीय समिति गठन गर्रिसक्नु भयको छ। उहाँ यूरोप महादेशीय संयोजक बनेको एक महीना भित्रमा ३ देशमा राष्ट्रीय समिती गठन गरीसक्नु भयको र यूरोपमा ७ देशमा राष्ट्रीय समिति बनेको जानकारी पोल्यान्ड नेपाललाई दीनुभएको छ। अन्य देशमा पनि गठन प्रक्रिया तिब्र गतिमा बढेको र पछिल्लो क्रममा साझा सद्भाव समूह मा युरोपेली नेपालिको आकर्षण निकै बढेको कुरा पनि युरोप संयोजक मार्फत जानकारी आएको छ।

स्पेनको समितिमा २४ जना सदस्य सहीत ११ जनाको राष्ट्रीय समिति गठन गरिएको छ। स्पेनले अब छिट्टै त्यहा आफ्नो साधारण सदस्यता बितरण गर्ने र नेपाल र नेपालिको मुदामा कटिबद्ध भयर लागिपर्ने भन्दौ स्पेनको राष्ट्रीय समितिमा निम्न पदमा निम्न ब्यक्तिहरु को रास्टृय समिती गठन भएको छ।
संयोजक दिपक मरह्टा
सह संयोजक सुनिता कुवर
प्रबक्ता पुष्प धिताल
सचिव रिसब कोईराला
सह सचिव राम सिलवाल
संन्चार संयोजक प्रकाश पौड्याल
कोषाध्यक्ष बिमलराज अधिकारी
केन्द्रीय सदस्य हिमलाल गौतम
केन्द्रीय सदस्य केशव रिजाल
केन्द्रीय सदस्य शक्ति तामाङ
केन्द्रीय सदस्य राजेश बुढाथोकि
उक्त कार्यसमिति कोरोना भाईरस कोभिड १९ को कारणले प्रत्यक्ष मीटिङ बस्न असम्भव भएको हुदा भर्चुअल मीटिङ बाट राष्ट्रिय समिति घोषणा गरीयको हो।
यसरी सम्पुर्ण प्रक्रियामा अहम नेतृत्वदायि भुमिका निभाई एऊटा सक्क्षम राष्ट्रिय समिती गठन गर्दै आफ्नो सफल र सबल नेतृत्व प्रदान गरिरहेका युरोप महादेशिय संयोजक र नब गठित साझा सद्भाव समूह स्पेन लाई पोल्यान्ड नेपाल डट कम को तर्फ देखि हार्दिक बधाई तथा घनिभुत सफलताको शुभकामना ब्यक्त गर्दछौ।
