मित्र लाल पार्दे
तपाईं पोल्यान्डमा बस्दा इमिग्रेसनले देश छोड्ने आदेश दियो वा बोर्डर गार्डले तपाइलाई पक्राउ गरेर डिपोर्टेसन फाइल अगाडि बढायो तपाइसित आफ्नो देश फर्कने पैसा छैन भने तपाईं पैसा कसैसित माग्नु पर्दैन ।

पोल्यान्डमा अवस्थित आइ ओ एम संस्थाले टिकट म्यानेजमेन्ट गर्दछ ।
तपाईं उक्त ठेगानामा गएर आफ्नो समस्या निर्धक्क सित बताउनु भो र तपाइको कागजात इल्लिगल हुदैछ वा डिपोर्ट भैसकेको कागजात छ वा तपाइसित पोल्यान्डमा काम गर्ने कागजी अधिकार छैन र पोल्यान्डमा बस्ने अधिकार नै छैन र तपाईं पोल्यान्डबाट घर फर्कन चाहनुहुन्छ भने कृपया यो अनलाइन लिन्कमा रहेको ठेगानामा गएर बुझ्न सक्नुहुनेछ ।
स्मरण रहोस् कोभिड समय अगाडि यो पन्क्तिकारसित सम्पर्कमा आएका झन्डै 10 जना नेपालीहरुले यो संस्थाबाट सहयोग लिएर नेपाल फर्किएका थिए ।
स्मरण रहोस् इमिग्रेसनमा अप्लाइ गरेर वा अपिल गरेर डिसिजनको पर्खाइमा हुनु भएकाहरुको हकमा यो संस्थाले घर फर्कन सहयोग गर्न सक्दैन ।
यो संस्थाले मात्र पोल्यान्डमा इल्लिगल बस्नु पर्ने बाध्यता भएका र आफ्नो घर फर्किन चाहनेहरुलाई यात्रा टिकट व्यवस्था गरेको हुन्छ ।
International Organization for Migration
Międzynarodowa Organizacja do Spraw Migracji (IOM), Biuro w Warszawie
ul. Wiejska 12, 00-490 Warszawa
Telefon: 22 62 38 154
Fax: 22 62 82 415
E-mail: iomwarsaw@iom.int